नेभिगेशन
मुख्य समाचार

वर्षाले कान्ति लोकपथ अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए । प्रहरीले  यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु

बिहीबार तय भएको बैठक केहीबेर पहिले सिंहदरबारमा सुरु भएको प्रधानमन्त्री शुसीला कार्कीको सचिवालयले जनाएको छ ।
भारत सरकारद्वारा नेपाललाई २ सय २० सवारीसाधन प्रदान

भारत सरकारद्वारा नेपाललाई २ सय २० सवारीसाधन प्रदान

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका थिए ।
पर्वतबाट यस वर्ष ३२ करोडको सुन्तला निर्यात

पर्वतबाट यस वर्ष ३२ करोडको सुन्तला निर्यात

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको...
बाक्लो हुस्सु तथा कुहिरोको कारण अवरुद्ध आन्तरिक उडान सुचारू

बाक्लो हुस्सु तथा कुहिरोको कारण अवरुद्ध आन्तरिक उडान सुचारू

काठमाडौँ, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका...