नेभिगेशन
मुख्य समाचार

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

काठमाडौँ ।  प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने,“काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।” स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जानमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मनाङमा भारी हिमपात (तस्बिरहरु)

मनाङमा भारी हिमपात (तस्बिरहरु)

यस वर्षको तिहारमा लामो छुट्टी परेका कारण मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ । अहिले बाक्लो हिमपातका कारण उनीहरु बिचमै रोकिएका छन् । यद्यपी केही...
उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठपर्वको समापन

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठपर्वको समापन

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।
अरुण नदीको सतिघाटमा फेरी पुनःसञ्चालन

अरुण नदीको सतिघाटमा फेरी पुनःसञ्चालन

फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि...
आज देशभर वर्षा हुने पूर्वानुमान, हिमाली भू–भागमा हिमपातकाे सम्भावना

आज देशभर वर्षा हुने पूर्वानुमान, हिमाली भू–भागमा हिमपातकाे सम्भावना

आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान...