नेभिगेशन
समाज

जब मापसे गरेका चालकले ११ हजार भोल्टको तार टाँगिएको पोलमा कार ठोक्काए

काठमार्डाैँ । चालकले मापासे गरेर कार चलाउँदा ललितपुरको हात्तीवनमा गए राति बिजुलीको पोल नै भाँचिने गरी दुर्घटना भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चार जना सवार बा १५ च ७७६५२ नम्बरको  फोर्ड गाडीका चालक रूपक सापकोटाले अनियन्त्रित भएर सडकछेउको बिजुलीको पोलमा गाडी ठोक्काएको प्रहरीले जनाएको छ। सापकोटाले मापसे गरेको पाइएको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले बताए ।

Ncell
Extreme Energy

दुर्घटना हुँदा विशाल विक, अमर ध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका छन्। चालक रूपक सापकोटा भने सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

गाडीको ठक्करबाट भाँचिएको पोलमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।