नेभिगेशन
समाज

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला निर्माणमा भइरहेको ढिलाइबारे गम्भीर चासो राखेका छन् । रङ्गशाला अन्तरराष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडानकार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर उनले छलफल गरे ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति चिन्ता व्यक्त गरे । छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माणकार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित सङ्लग्न निर्माण व्यवसायी सहभागी थिए। 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ती सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तरराष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । उक्त समयावधि यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । 

प्रधानमन्त्री ओलीले के कति कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिए। मन्त्रालयका सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीच समन्वय गर्न समय लागेकाले बोलपत्र आव्हान हुन ढिलाइ भएको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन गर्नुपरेको, वर्षाले केही दिन काममा अवरोध भएको, प्रतीत पत्र अर्थात् एलसी खोल्ने प्रक्रियामा ढिलाइ जस्ता कारणले तोकिएको अवधिमा काम हुन नसकेको स्वीकारे । अबको एक महिनामा काम सक्ने उहाँहरूले प्रतिबद्धता व्यक्त गरे । 

छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५ दशमलव १९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लडलाइटतर्फ वित्तीय प्रगति २३ दशमलव ८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो । प्यारापिटका लागि रु ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो । 

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै