नेभिगेशन
मुख्य समाचार

निजी क्षेत्रसँग बालेनका आग्रहः 'कस्तो जनशक्ती आवश्यक छ भन्नुस्, महानगरले तालिम दिएर तयार गर्छ'!

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले निजी क्षेत्रसँग सिपयुक्त जनशक्ति उत्पादन र रोजगारीका अवसरका विषयमा छलफल गरेका छन् । 

मेयर शाहले सोमबार काठमाडौँका निजी, उद्योगी तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँग गत वर्ष भएको सिप मेला २०८१ का उपलब्धीले निजी क्षेत्रलाई पुर्र्याको सहयोग बारे प्रतिक्रिया लिएका थिए । 

CG

त्यस क्रममा व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको बताएका थिए ।  व्यवसायीसँगको भेटमा मेयर शाहले फेरी पनि सिप मेला सञ्चालनको तयारी भैरहेकाले सुझाव मागेका थिए । उनीहरुले आगामी सिप मेलामा महानगरसँग निजी क्षेत्र सहकार्य गर्न तयार रहेको जनाए । 


सिप मेलको उदेश्य प्रष्ट पार्दै मेयर शाहले मेलामा सञ्चालन गरिने तालिमबाट मानव पुँजीका रुपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आवद्ध गराउन निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अघि बढाएको बताए । 


साथै उनले सिप मेलाबाट निजी क्षेत्रले कस्ता जनशक्तीको अपेक्षा राखेको छ भन्ने विषयमा सुझाव लिएका थिए । निजी क्षेत्रले महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिए त्यसैअनुरुपका तालिम सञ्चालन गर्ने बालनको योजना सुनाएको थिए । 

निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग महानगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्न चाहेका छौँ ।’ उनले भने, ‘यस सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवाहरुमा आशा पलाउँछ । यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।’

छलफलमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि के.सी र उपमहाप्रवन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्ता लगायत व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए । 

छलफलको प्रारम्भमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, गएको वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै, २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताएका थिए ।  तालिम लिएकामध्ये स्वदेश र विदेश गरी करिब १ हजार २ सयजनाभन्दा बढी प्रत्यक्ष रोजगारीमा आवद्ध उनको दाबी थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै