नेभिगेशन
समाज

निजी क्षेत्रसँग बालेनका आग्रहः 'कस्तो जनशक्ती आवश्यक छ भन्नुस्, महानगरले तालिम दिएर तयार गर्छ'!

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले निजी क्षेत्रसँग सिपयुक्त जनशक्ति उत्पादन र रोजगारीका अवसरका विषयमा छलफल गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर शाहले सोमबार काठमाडौँका निजी, उद्योगी तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँग गत वर्ष भएको सिप मेला २०८१ का उपलब्धीले निजी क्षेत्रलाई पुर्र्याको सहयोग बारे प्रतिक्रिया लिएका थिए । 

Ncell
Extreme Energy

त्यस क्रममा व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाले गएको वर्ष सञ्चालन गरेको ‘सिप मेला २०८१’ ले सिपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको बताएका थिए ।  व्यवसायीसँगको भेटमा मेयर शाहले फेरी पनि सिप मेला सञ्चालनको तयारी भैरहेकाले सुझाव मागेका थिए । उनीहरुले आगामी सिप मेलामा महानगरसँग निजी क्षेत्र सहकार्य गर्न तयार रहेको जनाए । 


सिप मेलको उदेश्य प्रष्ट पार्दै मेयर शाहले मेलामा सञ्चालन गरिने तालिमबाट मानव पुँजीका रुपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आवद्ध गराउन निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अघि बढाएको बताए । 


साथै उनले सिप मेलाबाट निजी क्षेत्रले कस्ता जनशक्तीको अपेक्षा राखेको छ भन्ने विषयमा सुझाव लिएका थिए । निजी क्षेत्रले महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिए त्यसैअनुरुपका तालिम सञ्चालन गर्ने बालनको योजना सुनाएको थिए । 

निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग महानगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्न चाहेका छौँ ।’ उनले भने, ‘यस सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवाहरुमा आशा पलाउँछ । यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।’

छलफलमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि के.सी र उपमहाप्रवन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्ता लगायत व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए । 

छलफलको प्रारम्भमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, गएको वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै, २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताएका थिए ।  तालिम लिएकामध्ये स्वदेश र विदेश गरी करिब १ हजार २ सयजनाभन्दा बढी प्रत्यक्ष रोजगारीमा आवद्ध उनको दाबी थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...