नेभिगेशन
मुख्य समाचार

दार्चुला–टिङ्कर सडक निर्माणः  सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । 

सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । 

CG

दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।  

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०÷०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ । 

बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आवमा रु नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु पाँच करोड व्यवस्था गरेको प्रवक्ता केसीले जानकारी दिए । 

पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ । 

नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ । 

अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए । “दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ” उनले भने, “छाङ्गरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ । ”

व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्यविन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । योे सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ । 

आर्थिक वर्ष २०७७÷७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र  ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले बताए । 

उपकरण ढुवानी नहुञ्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीनचार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् । 

व्यास गाउँपालिका–१ का टिङ्करका वडासदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे । पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ । उक्त वडाका अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । गत फागुनमा प्राप्त रु पाँच करोड अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।

यसैबीच, यही वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी–टिङ्कर सडकका निम्ति कम्तीमा रु ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ ।

भारतले लिपुलेक–कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चिता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...