नेभिगेशन
मुख्य समाचार

कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए ।

Dish Home
Global Ime Bank

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ । 

वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नुरगराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ ।” स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
असिम शाहकाे प्रश्न: ‘लोडसेडिङको गरेकोमा धन्यवाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई ?’

असिम शाहकाे प्रश्न: ‘लोडसेडिङको गरेकोमा धन्यवाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई ?’

अब धन्यबाद ऊर्जामन्त्रीलाई  दिने कि नयाँ एमडीलाई दिने हो सरकारले स्पष्ट पारिदिनु पर्‍यो ।’
रुखका हाँगा भाँचिएर सिस्टम ट्रिप हुँदा हिजो बत्ती गएको होः हितेन्द्रदेव शाक्य

रुखका हाँगा भाँचिएर सिस्टम ट्रिप हुँदा हिजो बत्ती गएको होः हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार साँझको बत्ती नेपालभित्रकै प्रसारण क्षेत्रमा सिस्टम ट्रिप भएको भएको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै शाक्यले ढल्केबरबाट भारत र...
सगरमाथा संवाद सुरु

सगरमाथा संवाद सुरु

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत...
कोरला नाकामा देखिन नेपालको दयनीय हालः न बत्ती न पानी, सुरक्षाकर्मीलाई टेन्ट पनि छैन

कोरला नाकामा देखिन नेपालको दयनीय हालः न बत्ती न पानी, सुरक्षाकर्मीलाई टेन्ट पनि छैन

नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका...

भर्खरै