नेभिगेशन
मुख्य समाचार

सुरेश रजकका परिवारलाई मानव अधिकार आयोगको सान्त्वना, ‘गहिराईमा पुगेर अनुसन्धान गरेका छौँ, ढिला भएकोमा क्षमा चाहन्छौँ’

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तीनकुने घटनामा आफूहरूले मिहिन अनुसन्धान गरेको बताएको छ । आइतबार तीनकुने घटनामा मृत पत्रकार सुरेश रजकका परिवारसँग कुराकानी गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी अनुशन्धान महाशाखा प्रमुख मञ्जु खतिवडाले आफूहरूले उक्त घटनाको अनुसन्धान पूरा गरिसकेको बताइन् । 

मृतक रजकका परिवारले घटना घटेको २ महिना बित्दासमेत कुनै निकायले पनि अनुसन्धान नसकेको र न्याय नमिलेको भन्दै मानव अधिकार आयोग गुहार्न पुगेका थिए । उनीहरूसँग कुराकानी गर्दै खतिवडाले आफूहरूले अन्य घटनाभन्दा तीनकुने घटनालाई प्राथमिकता दिएर अनुसन्धान गरेको बताइन् । ‘तीनकुने घटनालाई निरन्तरको अनुसन्धानभन्दा पनि एकदमै फास्ट ट्र्याकमा लगेर अनुसन्धान गर्छौँ भनेर हामीले भनेका थियौँ । सोहीअनुसार गत शुक्रवार हामीले अनुसन्धान सक्काएर रिपोर्ट दर्ता समेत गरिसकेका छौँ । हामी अहिले प्रिन्टमा व्यस्त छौँ ।’, खतिवडाले पीडित परिवारसँग भनिन् । 

CG

त्यस्तै उनले आफूहरूले उक्त घटनाको अध्ययन गर्न चिकित्सकसहितको विशेषज्ञ टोली झिकाएर विस्तृत अनुसन्धान गरेको बताइन् । खतिवडाले भनिन्, ‘हामीले सो घटनामा आफ्नो विज्ञता नपुगेर बाहिरबाट विज्ञ झिकाएर अनुसन्धान गरेका थियौँ । हामीले सतही भन्दा पनि गहिरोमा पुगेर अनुसन्धान गर्नुपरेका कारण केही समय लागेको हो । ढिला भएकोमा हामी क्षमाप्राथी छौँ ।’

त्यस्तै मृतक सुरेशका परिवारले प्रहरीले २ जना आन्दोलनकारी गएर आगो लगाएको र त्यहीँ परेर सुरेशको मृत्यु भयो भनिरहेको  अवस्थामा आफूहरू उक्त कुरामा मान्न तयार नभएको बताए । उनीहरूले भने, ‘प्रहरीले त आन्दोलनकारीले आगो लगाए । त्यही आगोमा परेर उनको मृत्यु भयो भनिरहेको छ । तर हामीलाई त्यति मात्रै हैन जस्तो लाग्छ ।’

यसको जवाफमा खतिवडाले आफूहरूले त्यस विषयलाई समेत विश्लेषण गरेर प्रतिवेदन तयार गरेको बताइन् । त्यस्तै रजकले रिपोर्टिङका क्रममा प्रयोग गरेको एउटा फोन र क्यामेरा समेत नभेटिएको उनले बताइन् । 

आयोगले तीनकुने घटनामा अनुसन्धान प्रक्रिया पूरा गरिसकेको र केही दिनमा निष्कर्ष सार्वजनिक गर्ने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...