नेभिगेशन
समाज

सुरेश रजकका परिवारलाई मानव अधिकार आयोगको सान्त्वना, ‘गहिराईमा पुगेर अनुसन्धान गरेका छौँ, ढिला भएकोमा क्षमा चाहन्छौँ’

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तीनकुने घटनामा आफूहरूले मिहिन अनुसन्धान गरेको बताएको छ । आइतबार तीनकुने घटनामा मृत पत्रकार सुरेश रजकका परिवारसँग कुराकानी गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी अनुशन्धान महाशाखा प्रमुख मञ्जु खतिवडाले आफूहरूले उक्त घटनाको अनुसन्धान पूरा गरिसकेको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतक रजकका परिवारले घटना घटेको २ महिना बित्दासमेत कुनै निकायले पनि अनुसन्धान नसकेको र न्याय नमिलेको भन्दै मानव अधिकार आयोग गुहार्न पुगेका थिए । उनीहरूसँग कुराकानी गर्दै खतिवडाले आफूहरूले अन्य घटनाभन्दा तीनकुने घटनालाई प्राथमिकता दिएर अनुसन्धान गरेको बताइन् । ‘तीनकुने घटनालाई निरन्तरको अनुसन्धानभन्दा पनि एकदमै फास्ट ट्र्याकमा लगेर अनुसन्धान गर्छौँ भनेर हामीले भनेका थियौँ । सोहीअनुसार गत शुक्रवार हामीले अनुसन्धान सक्काएर रिपोर्ट दर्ता समेत गरिसकेका छौँ । हामी अहिले प्रिन्टमा व्यस्त छौँ ।’, खतिवडाले पीडित परिवारसँग भनिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरूले उक्त घटनाको अध्ययन गर्न चिकित्सकसहितको विशेषज्ञ टोली झिकाएर विस्तृत अनुसन्धान गरेको बताइन् । खतिवडाले भनिन्, ‘हामीले सो घटनामा आफ्नो विज्ञता नपुगेर बाहिरबाट विज्ञ झिकाएर अनुसन्धान गरेका थियौँ । हामीले सतही भन्दा पनि गहिरोमा पुगेर अनुसन्धान गर्नुपरेका कारण केही समय लागेको हो । ढिला भएकोमा हामी क्षमाप्राथी छौँ ।’

त्यस्तै मृतक सुरेशका परिवारले प्रहरीले २ जना आन्दोलनकारी गएर आगो लगाएको र त्यहीँ परेर सुरेशको मृत्यु भयो भनिरहेको  अवस्थामा आफूहरू उक्त कुरामा मान्न तयार नभएको बताए । उनीहरूले भने, ‘प्रहरीले त आन्दोलनकारीले आगो लगाए । त्यही आगोमा परेर उनको मृत्यु भयो भनिरहेको छ । तर हामीलाई त्यति मात्रै हैन जस्तो लाग्छ ।’

यसको जवाफमा खतिवडाले आफूहरूले त्यस विषयलाई समेत विश्लेषण गरेर प्रतिवेदन तयार गरेको बताइन् । त्यस्तै रजकले रिपोर्टिङका क्रममा प्रयोग गरेको एउटा फोन र क्यामेरा समेत नभेटिएको उनले बताइन् । 

आयोगले तीनकुने घटनामा अनुसन्धान प्रक्रिया पूरा गरिसकेको र केही दिनमा निष्कर्ष सार्वजनिक गर्ने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।

भर्खरै