नेभिगेशन
समाज

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका पूर्णबहादुर

मुस्ताङ । हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु एक हजार ३०० छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु एक हजार लगानी गरेर  च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गरेका थिए ।

हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए ।

CG

घरपझोङ–४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्याङ्ग्रापालन गर्ने प्रस्ताव गरे । आयोजनाले सो प्रस्ताव पारित गर्यो र अनुदान सुनिश्चित गर्यो ।पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीन र तीनवटा च्याङ्ग्राको माउ (रमा) पाए ।

एक घरधुरीलाई च्याङ्ग्रा खरिद गर्दा लाभग्राही घरधुरीले रु एक हजार तिरेँ । बाँकी रकम उपआयोजनाले अनुदान सहयोग गर्यो । सुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्याङ्ग्रापालन गरे ।

तर, सामूहिक रुपमा च्याङ्ग्रापालन गर्न कठिनाइ भयो । कतिपय च्याङ्ग्राहरु हराउने र मर्न थाले ।  एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्याङ्ग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरुले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे । पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा पर्यो ।

पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा १० वटा थपेर १२ वटा पुर्याएका थिए । त्यसपछि सुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रा । उनको च्याङ्ग्रापालन अहिले लोभलाग्दो छ ।

उनको फार्ममा हाल १३० बढी  च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले २० वटाभन्दा बढी च्याङ्ग्रा रु ४० हजार मूल्यमा बिक्री गरे । उनले भने, “पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।” 

उनले च्याङ्ग्रापालनका लागि एक जना गोठाले पनि राखेका छन् । उनीसंगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् ।

च्याङ्ग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु हो । हाल बर्सेनि २०० झोपा मल बिक्री गरी रु दुई लाख बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउछन् । पूर्णबहादरले भने, “मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।” 

औसतमा वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

माघ १४ गतेदेखि काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आयोजना हुने

उद्योग वाणिज्य संघ काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा माघ १४ देखि १७...
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो...
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...