नेभिगेशन
समाज

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौैँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१( र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका २ वटा प्रतिवेदनका आधारमा उद्योगी शेखर गोल्छासहितका ११ व्यवसायी र उद्योग सञ्चालक अनुसन्धानको राडारमा तानिएका थिए । 

Ncell
Extreme Energy

शेखर गोल्छा सहितका केही उद्योगीले त हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितताबाट जोगिन सञ्चालक समितिबाट राजीनामा नै दिएका थिए ।  

हिमालयन रि त्यही कम्पनी हो, जसमा सबैभन्दा बढी सेयर लगानी विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालको छ । हिमालयन रि को अध्यक्षबाट गोल्छाले राजीनामा दिएपछि अहिले अर्का लगानीकर्ता उदयकुमार निरौलालाई अध्यक्ष बनाइएको छ । 

हिमालयन रि मा भएको अनियमितताको छानबिन गर्न धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले झन्डै पौने ३ अर्ब रकम हिनामिना भएको रिपोर्ट गत साता नै बुझाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।