नेभिगेशन
समाज

सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा तीन तले घर

काठमाडौँ । सुकुम्बासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परियारको काठमाडौंमा तीन तले घर रहेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर जागृतीटोलमा १६ कोठाको तीन तले घर रहेको उनकै पारिवारिक विवरणमा उल्लेख छ । तर, उक्त घर भने परियारकी श्रीमती शुभमाया कपालीको नाममा छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कपालीले २०७७ साउन १४ गते नेपाल बैंक लिमिटेड नयाँ बानेश्वर शाखालाई पसल घर सम्पत्ति विवरण खुलाई लेखेको पत्रमा यो विवरण खुलाइएको छ । पत्रमा लेखिएको छ– जिल्ला काठमाडौं, कामनपा ३१ शान्तिनगरमा, जागृतीटोलस्थित यस शुभनारायण स्टोर्स पसल बसेको घर, हालको अवस्था १६ कोठा तला ३, मेरो नामको बिजुली बत्ती जडान भएको, नेपाल सरकारको पर्ति जग्गामा लालपुर्जा नभएको घर हो । अन्य सम्पूर्ण पूर्वाधारयुक्त यस घरको स्थानीय बोलकबोल अनुसार ८० लाख भन्दा बढी मूल्यांकन हुनसक्ने समेत जानकारी गराउँछु ।

Ncell
Extreme Energy

शुभमाया नारायण परियारकै श्रीमती रहेको भनी वडा कार्यालयले समेत नाता प्रमाणित गरिदिएको छ । २०७७ साउन १४ मै वडा कार्यालयले नाता प्रमाणित गरिदिएको छ र त्यसमा शुभमायालाई नारायण परियारकी पत्नी भनिएको छ ।

नारायण परियारलाई आजै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।