नेभिगेशन
समाज

हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । 
       
“हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् । तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले कच्चा पदार्थ ढुवानी गर्न नसकेकाले उद्योग बन्द गर्नुपरेको छ”,   उद्योगमा भएको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरेर अहिले सिमेन्ट ‘प्याकेजिङ’ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग सधैँ बन्दप्रायः छ । 
    
क्लिङ्कर उत्पादनका क्रममा उद्योगको मेसिनमा केही समस्या आएकोले मेसिनको मर्मतको भइरहेको छ । अर्थाभावमा कर्मचारीले  १० महिनादेखि तलब पाएका छैनन् । 

उद्योगमा १६६ जना स्थायी, १०० दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । 

Marvel

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।