नेभिगेशन
समाज

हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । 
       
“हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् । तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले कच्चा पदार्थ ढुवानी गर्न नसकेकाले उद्योग बन्द गर्नुपरेको छ”,   उद्योगमा भएको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरेर अहिले सिमेन्ट ‘प्याकेजिङ’ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठले भने । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग सधैँ बन्दप्रायः छ । 
    
क्लिङ्कर उत्पादनका क्रममा उद्योगको मेसिनमा केही समस्या आएकोले मेसिनको मर्मतको भइरहेको छ । अर्थाभावमा कर्मचारीले  १० महिनादेखि तलब पाएका छैनन् । 

उद्योगमा १६६ जना स्थायी, १०० दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म अल्झिने र निर्धारित लक्ष्यअनुसार प्रगति नहुने समस्या समाधान गर्न जलस्रोत तथा सिँचाइ विभागले विशेष अनुगमन संयन्त्र बनाएको छ ।
बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...