नेभिगेशन
समाज

नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा

काठमाडौँ । नेपालको महिला क्रिकेट टोली पहिलोपटक आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा प्रवेश गरेको छ। सोमबार थाइल्याण्डमा सम्पन्न सुपर–३ चरणको खेलमा यूएईलाई ५ विकेटले हराउँद्र नेपाल विश्व छनोटमा पुगेको हो । नेपालसँगको हारसँगै युएई बाहिरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको खेलमा सुरुवाती ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएका थियो । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । 

Ncell
Extreme Energy

जसमा कप्तान इन्दु बर्माले २८ बलमा अविजित ३० रन बनाइन् ।  रुविना क्षेत्रीले २३ रन र सम्झना खड्काले २१ रन बनाए । 

यो जितसँगै नेपाल महिला टोलीले पहिलोपटक विश्व मञ्चको ग्लोबल छनोटमा पाइला टेकेको हो, जसले आगामी टी–२० विश्वकपतर्फको ढोका खोलिदिएको छ।

अब नेपालले सुपर३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै