नेभिगेशन
समाज

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते

बरहथवा । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक भ्यानलाई बसले ठक्कर दिँदा भ्यानमा सवार एक युवतीको मृत्यु भएको छभने, आठ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लालबन्दी बजार आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक भ्यानलाई लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा विपरित दिशाबाट आएको ना १ ज २६४५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट भ्यानमा सवार लालबन्दी नगरपालिका–१७ ठेगाना भएकी २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

दुर्घटना लगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पु¥याएपनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । भ्यानमा सवार थप आठ जना घाइते भएका छन् । उहाँहरूको लालबन्दीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजी भइरहेको प्रनाउ राईले बताए । दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...