नेभिगेशन
समाज

रवि लामिछानेको मुद्दाको बहस सकिएन, हेर्दा हेर्दैमा राखियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय  डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखेरेल, बद्रि राउत र केदार दाहालले बहस गरेका थिए भने अधिवक्ता डा. नारायणदत्त कंडेल, दिपेन्द्र झा, सुदिग्य पन्त, विवेक राउतले बहस गरेका थिए । 

Ncell
Extreme Energy

भोलि आजकै इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ । भोलि छबिलाल जोशीका अधिवक्ताहरुले बहस गर्नेछन् भने सरकारी वकिलले पनि बहस गर्नेछन् । 

यसअघि यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्ने इजलासमा परेको थियो । 

हिजो अर्थात जेठ ५ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट लामिछानेका वकिल र न्यायाधीश नातेदार परेका कारण हेर्न नमिल्ने भएको थियो । 

यसअघि  पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सोही अनुरुप उनको निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको थियो । उक्त इजलासमा समेत हेर्न नमिलेको हो ।

गत वैशाख ७ मा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भए पनि पहिलो पेसी न्यायाधीश हरिप्रसाद फुयाँलकोमा परेको थियो । तर, उनले हेर्न नमिल्ने भएपछि वैशाख ९ मा अब्दुल अजिज मुसलमानको इजलासबाट कारण देखाऊ आदेश जारी भएको थियो ।

त्यसपछि पनि २८ गते न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले पनि हेर्न नमिल्ने भनेको थियो ।  वैशाख ३० को पेसीमा न्यायाधीश फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेपनि हेर्न मिलेको थिएन भने  वैशाख ३१ को पेसीमा पनि नहकुल सुवेदी र मुसलमानको इजलासमा परेपछि हेर्न मिलेको थिएन । 

जेठ ४ गतेको पेसी पनि हेर्न नमिल्नेमा परेको थियो । 

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेपनि उच्च अदालतले भने उक्त आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाएको थियो । उच्चको आदेशको बदरसहित लामिछानेले ७३ नम्बरको निवेदन सर्वोच्चमा दिएका थिए भने उनलाई गैरकानुनी तरिकारले पक्राउ गरि ४ दिन पछि मात्रै अदालतमा पेस गर्दा गैरकानुनी थुनामा राखेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । उच्चको आदेश बदरसहित थुनुवाको निवेदन दर्ता गराएका लामिछाने र यसै मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको निवेदन पनि सँगसँगै सुनुवाइ गरिएकाे छ ।

लामिछानेलाई निवासबाटै पक्राउ गरेर चौथो दिन रुपन्देही कारागार लगिएको थियो । त्यस अबधीमा लामिछानेलाई पक्राउ गर्नुका ३ वटा फरक फरक कारण प्रहरीले उल्लेख गरेको थियो । 

सर्वोच्चमा हालिएको रिट निवेदनमा अधिकार प्राप्त निकायको पत्रविना नै उनलाई पक्राउ गरिएको तथा फौजदारी कार्यविधि संहिताको प्रक्रिया मिचिएको उल्लेख गरिएको छ ।  साथै वैयक्तिक स्वतन्त्रताको अपहरण हुने गरी पक्राउ गर्ने तथा थुनुवा पुर्जीसमेत गैरकानुनी र त्रुटिपूर्ण दिइएको रिटमा छ । प्रतिनिधिसभा सदस्यजस्तो जिम्मेवार व्यक्तिको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक एवं कानुनको अपहरण हुने गरी राखिएको थुनाले निरन्तरता नपाउने निवेदनमा उल्लेख छ । 

बन्दी प्रत्यक्षीकरणको रिटमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकालीलगायतलाई विपक्षी बनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापति थापाको प्रश्न– नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

कांग्रेस सभापति थापाको प्रश्न– नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

थापाले यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । त्यस्तै, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि...
पीआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

पीआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ । सूचनाअनुसार उनीहरु दुवै जना नापी अधिकृत हुन्।
सुनसरी घटनाः सबै स्थानीय सुरक्षा प्रमुख तानिए, नयाँ खटाइए

सुनसरी घटनाः सबै स्थानीय सुरक्षा प्रमुख तानिए, नयाँ खटाइए

सुनसरीको घटनालाई लिएर सरकारले सुनसरीका सुरक्षा प्रमुखदेखि कोशी प्रदेशका डीआईजीसम्मलाई काठमाडौँ तानेको छ।
नेपालमा कहाँ कहाँ बन्दैछन् सुरुङ मार्ग ?

नेपालमा कहाँ कहाँ बन्दैछन् सुरुङ मार्ग ?

गत जेठ १५ गते संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले आगामी वर्षलाई ‘सडक र सुरुङ मार्ग निर्माणमा फड्को मार्ने वर्ष’का रूपमा लिएको बताएका थिए ।...