नेभिगेशन
समाज

दुर्गा प्रसाईँसहित ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका ५३ जनालाई २ दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईँसहित ५३ जनालाई अझै २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि प्रसाईँलाई जेठ ४ गते ४ दिन म्याद थप भएको थियो । 

Extreme Energy

चैत १५ गते तीनकुनेमा आतंक मच्याएको आरोपमा उनीमाथि प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

तीनकुनेमा घटनापछि फरार बनेका उनीलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतको आसामबाट पक्राउ परेका उनीलगायत अन्य प्रतिवादीको हकमा समेत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै चैत १५ गते तिनकुनेमा पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...