नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीको प्रश्नः अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले अदालतको न्याय सम्पादनमाथि प्रश्न गरेका छन् । उनले अदालतले कसैलाई काखा र कसैलाई पाखा गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?’ उनले प्रश्न गरेका छन् । त्यस्तै उनले सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर रवि लामिछानेलाई किन नमिल्ने भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा सर्वोच्च अदालतका सम्माननीय श्रीमानज्यूहरूबाट जवाफ मागेका छन् । 

Ncell
Extreme Energy

यस्तो छ उनले सामाजिक सञ्जालमार्फत लेखेको स्टाटस्ः

‘संसारभरिका सबैले साथ छोडे पनि जन्मदिने आमाले कहिले पनि साथ छोड्दिनन् संसार नै विरुद्धमा हुँदा पनि पनि सत्यको पक्षमा न्यायको मन्दिर अदालतको ढोका खुला हुन्छ। भन्ने सुनेको थिएँ। तर आज म सोध्न चाहन्छु। अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ? सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर देशको पूर्व गृहमन्त्री भइसकेको माननीय रवि लामिछाने ज्यूलाई लाई बाहिर राखेर छानबिन गर्न किन नमिल्ने ? सम्माननीय सर्वोच्च अदालतका सम्माननीय श्रीमानज्यूहरू यसको जवाफ दिनुस्। इतिहासले यसको जवाफ माग्नेछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।