नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीको प्रश्नः अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले अदालतको न्याय सम्पादनमाथि प्रश्न गरेका छन् । उनले अदालतले कसैलाई काखा र कसैलाई पाखा गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?’ उनले प्रश्न गरेका छन् । त्यस्तै उनले सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर रवि लामिछानेलाई किन नमिल्ने भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा सर्वोच्च अदालतका सम्माननीय श्रीमानज्यूहरूबाट जवाफ मागेका छन् । 

Extreme Energy

यस्तो छ उनले सामाजिक सञ्जालमार्फत लेखेको स्टाटस्ः

‘संसारभरिका सबैले साथ छोडे पनि जन्मदिने आमाले कहिले पनि साथ छोड्दिनन् संसार नै विरुद्धमा हुँदा पनि पनि सत्यको पक्षमा न्यायको मन्दिर अदालतको ढोका खुला हुन्छ। भन्ने सुनेको थिएँ। तर आज म सोध्न चाहन्छु। अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ? सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर देशको पूर्व गृहमन्त्री भइसकेको माननीय रवि लामिछाने ज्यूलाई लाई बाहिर राखेर छानबिन गर्न किन नमिल्ने ? सम्माननीय सर्वोच्च अदालतका सम्माननीय श्रीमानज्यूहरू यसको जवाफ दिनुस्। इतिहासले यसको जवाफ माग्नेछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...