नेभिगेशन
मुख्य समाचार

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । 

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । 

CG

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए । 

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । 

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको...
पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

पौष शुक्ल पूर्णिमाः वैदिक धर्मावलम्बीका घरघरमा स्वस्थानी व्रत सुरु

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको...
रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक, यी हुन् एजेण्डा

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने विषयमा छलफल हुने बताए। रास्वपाले हालै काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो।
क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन्...

भर्खरै