नेभिगेशन
समाज

‘सभापति देउवा ५ पटक प्रधानमन्त्री बन्नुभयो, अझै बन्न सक्नुहुन्छ, रिस गरेर हुन्छ ?’ – धनराज गुरुङ

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै उतारचढाव खेप्नुपरेको बताएका छन् । त्यसकारण पाँच पटक प्रधानमन्त्री बन्यो भनेर रिस गर्न नहुने उनको भनाई छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आज हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्रा गर्दा उहाँले खप्नुभएको उतारचढाव व्याख्या गर्न आवश्यक पर्दैन। रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो। अझै बन्न सक्नुहुन्छ नि ६ पटक, सात पटक।’

Ncell
Extreme Energy

शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पुर्व सभापति एवं पुर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् । 

त्यस्तै उनले राजनीतिमा लागेका व्यक्तिले प्रतिफलको आश गर्न नहुने भन्दै राजनीति त्याग र निरन्तर यात्रा भएको बताएका छन् । राजनीतिक यात्रामा धेरै अवरोध आउने भएकाले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्ने उनले बताए । 

कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकलाई अघि बढाउनका लागि अग्रज नेताहरुले गरेको योगदानलाई स्मरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै