नेभिगेशन
समाज

लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणमा नेतृत्व बलियो हुनुपर्छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार भक्तपुरको श्री निलबाराही मन्दिर परिसरमा श्रमदानबाट सरसफाइ कार्यक्रममा घिसिङले जनता र राम्रो टीमका कारण नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिनका लागि नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने बताएका हुन् । । 

Ncell
Extreme Energy

उनले हावाहुरी लगाएतका कारण बाहेक बत्ति आउने–जाने कुरालाई प्राधिकरणले गम्भीर रुपमा लिदै उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । घिसिङले प्राधिकरणको अहिलको नयाँ नेतृत्वले सही मान्छे सही ठाँउमा व्यवस्थापन गर्दै उनीहरुको मनोवल उच्च राखेर काम गरे २४ घण्टा नै बती नजाने गरि व्यवस्थापन गर्न सकिने धारणा राखे । 

त्यस्तै उनले आफुले अहिलेसम्म गरेका कामको अनुभवका आधारमा जनतामा समर्पित भएर लाग्ने उल्लेख गरे । 

उनले उज्यालो नेपाल बत्ति उज्यालोको मात्रै नभएर धेरै क्षेत्रमा रहेका अध्यारोलाई उज्यालोमा परिणत गर्ने दायित्व सबैको भएकाले आफु पनि त्यसका लागि क्रियाशिल हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।