नेभिगेशन
समाज

कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजिनामा दिने पद्धती छैनः रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसाबाट हुने मानव तस्करीसँग जोडेर आफूविरुद्ध नियोजित र  षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको गुनासो गरेका छन् ।  
पत्रकारहरुसँग कुरा गर्दै गृह मन्त्री लेखकले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धती अहिलेसम्म नबसको भन्दै राजिनामा नदिने संकेत गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’ उनले भने, ‘अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यही पद्धति बसाउने जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’
लेखकले आफ्नो राजनीतिक जीवनमा एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभइ राजनीतिबाटै राजीनामा दिने समेत बताए ।

Marvel
Extreme Energy

उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन,’ शनिबार साँझ काठमाडौंमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले भने, ‘मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमाबाट दुवई लगायत खाडी मुलुकमा जानेहरुसँग प्रतिव्यक्ती ५० हजारसम्म उठाउने गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । 
अख्तियारले अध्यागन कार्यालयबाटै गृहका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । उनी पक्राउ पर्नुभन्दा एक दिन अघि गृह मन्त्रालयमा सरुवा भएपनि रमाना लिइसकेको थिएनन् । उनलाई गृहमन्त्री लेखकले ४ महिनाअघि मात्रै विमानस्थल अध्यागन कार्यालयमा पठाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...