नेभिगेशन
समाज

कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजिनामा दिने पद्धती छैनः रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसाबाट हुने मानव तस्करीसँग जोडेर आफूविरुद्ध नियोजित र  षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको गुनासो गरेका छन् ।  
पत्रकारहरुसँग कुरा गर्दै गृह मन्त्री लेखकले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धती अहिलेसम्म नबसको भन्दै राजिनामा नदिने संकेत गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’ उनले भने, ‘अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यही पद्धति बसाउने जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’
लेखकले आफ्नो राजनीतिक जीवनमा एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभइ राजनीतिबाटै राजीनामा दिने समेत बताए ।

Ncell
Extreme Energy

उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन,’ शनिबार साँझ काठमाडौंमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले भने, ‘मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमाबाट दुवई लगायत खाडी मुलुकमा जानेहरुसँग प्रतिव्यक्ती ५० हजारसम्म उठाउने गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । 
अख्तियारले अध्यागन कार्यालयबाटै गृहका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । उनी पक्राउ पर्नुभन्दा एक दिन अघि गृह मन्त्रालयमा सरुवा भएपनि रमाना लिइसकेको थिएनन् । उनलाई गृहमन्त्री लेखकले ४ महिनाअघि मात्रै विमानस्थल अध्यागन कार्यालयमा पठाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।