नेभिगेशन
मुख्य समाचार

नख्खु खोलामा बगेकालाई उद्दार गर्ने चणिकलाल सम्मानित

मकवानपुर ।  ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा गत असोज १२ गतेको बाढीमा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रे तेमालका चणिकलाल तामाङलाई डेढलाख ?पैयाँ नगदसहित बागमती प्रदेश सरकारले सम्मान गरेको छ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको हो । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत असोज १२ गते आएको अबिरल बर्षाको कारण आएको बाढीमा नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको जोखिम मोलेर उद्दार गरेका थिए । 


पेशाले पेन्टर रहेको लामाङले बाढीमा बगेकालाई किनारमा ल्याएर भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकालेर उनीहरुको ज्यान बचाएका थिए । वर्षाका कारण सो दिन पेन्टिङको काम रोकिएपछि उनी वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । 

CG


गणतन्त्र दिवसको अवसरमा गत बैशाख १९ गते हेटौंडा वडा नम्बर १६ स्थित गैरीगाउँमा जमिनमा भासिएर बेपत्ता भएको गाडी वडा कार्यालयको पहलमा उत्खनन् गरेर गाडी बाहिर निकाल्ने कार्य गरेकाले हेटौंडा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोईरालालाई पनि सम्मान गरेको थियो ।

ramkrishna-koiralaब-1748497471.jpg
 
बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदेशमा विशिष्ट कार्य गर्ने निजामति कर्मचारी, सुरक्षा निकायका कर्मचारी, पत्रकार, विभिन्न साँस्कृतिक समूहलगायतलाई सम्मान गरेको थियो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...
कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

कुलमानले गरे उज्यालो घरको उद्घाटन, भने नयाँहरु एक भएर जान्छौँ

उक्त पार्टीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा उज्यालो घर, नामाकरण गर्दै केन्द्रीय कार्यालय खोलेको हो । उज्यालो घरको उद्घाटन गर्दै घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको...