नेभिगेशन
समाज

नख्खु खोलामा बगेकालाई उद्दार गर्ने चणिकलाल सम्मानित

मकवानपुर ।  ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा गत असोज १२ गतेको बाढीमा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रे तेमालका चणिकलाल तामाङलाई डेढलाख ?पैयाँ नगदसहित बागमती प्रदेश सरकारले सम्मान गरेको छ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको हो । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत असोज १२ गते आएको अबिरल बर्षाको कारण आएको बाढीमा नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको जोखिम मोलेर उद्दार गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


पेशाले पेन्टर रहेको लामाङले बाढीमा बगेकालाई किनारमा ल्याएर भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकालेर उनीहरुको ज्यान बचाएका थिए । वर्षाका कारण सो दिन पेन्टिङको काम रोकिएपछि उनी वरपर बाढीको कहर हेर्न निक्लेका थिए । सोहि समयमा नै उनले बाढीमा बगेकालाई उद्दार गर्न सफल भएका हुन् । 

Ncell
Extreme Energy


गणतन्त्र दिवसको अवसरमा गत बैशाख १९ गते हेटौंडा वडा नम्बर १६ स्थित गैरीगाउँमा जमिनमा भासिएर बेपत्ता भएको गाडी वडा कार्यालयको पहलमा उत्खनन् गरेर गाडी बाहिर निकाल्ने कार्य गरेकाले हेटौंडा वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोईरालालाई पनि सम्मान गरेको थियो ।

ramkrishna-koiralaब-1748497471.jpg
 
बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदेशमा विशिष्ट कार्य गर्ने निजामति कर्मचारी, सुरक्षा निकायका कर्मचारी, पत्रकार, विभिन्न साँस्कृतिक समूहलगायतलाई सम्मान गरेको थियो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरु, जिल्ला स्थित कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।

भर्खरै