नेभिगेशन
मुख्य समाचार

बजेटमा समेटिएका गण्डकीका योजना

गण्डकी । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् । 

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्न रु आठ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडलले उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धन तथा आर्थिक क्रियाकलापका दृष्टिले महत्त्वपूर्ण मानिएको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने भएको छ । सालझण्डी–ढोरपाटन सडक निर्माणलाई पनि तीव्रता दिइने उल्लेख छ । 

CG

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बजेटमा उल्लेख छ । हिमालपारिको जिल्ला मुस्ताङमा उच्च पर्वतीय खेलकुद रङ्गशाला निर्माण गरिने भएको छ । लामो समयदेखि चर्चामा रहेको ढोरपाटनको उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माणकार्य सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । 

बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण गरिने भएको छ । उक्त आयोजना सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यस्तै तनहुँको सेती जलविद्युत् आयोजना सरकारको लगानीमा निर्माण गरिने बजेटमा उल्लेख छ । सम्भाव्यता अध्ययन भइसकेको कास्कीको हेम्जाबाट नयाँ पुलसम्मको सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने जनाइएको छ । 

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने यस क्षेत्रका आकर्षक गन्तव्यस्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । कालीगण्डकीलगायत नदीमा जलविहारलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले गठन गर्याे ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति

रास्वपाले गठन गर्याे ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्। पार्टी संगठन सुदृढ गर्दै प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या प्राप्त गर्ने उद्देश्यसहित समिति गठन गरिएको पार्टीले जनाएको छ ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
आजको मौसमः उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

आजको मौसमः उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा...
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...