नेभिगेशन
मुख्य समाचार

८० किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३, थानाबजारस्थित त्रिभुवन राजपथ सडकखण्डमा लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ८० किलो १२० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको चेकिङ टोलीले शनिबार राति करिब १ः३० बजे डाँडाबासतर्फबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५.च ४४११ नम्बरको टाटा सुमो गाडी जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला पारेको हो।

CG

गाडीको चालक गोरखा पालुङटार नगरपालिका–१० मिरकोटका २८ वर्षीय मधुसूदन अधिकारी र सोही गाडीमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङका २५ वर्षीय नवराज खड्का पक्राउ परेका छन्। हाल दुवै जना काठमाडौंको कालिमाटी र डल्लुमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीका अनुसार सुमो गाडीको विभिन्न भागमा लुकाईछिपाई ल्याइएको अवस्थामा गाँजा फेला परेको थियो। बरामद लागुऔषध र सवारीसाधनसहित दुवैलाई नियन्त्रणमा लिइएको र मकवानपुर जिल्ला अदालत, हेटौडाबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै