नेभिगेशन
सबै कुरा

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

भदाै ९,काठमाडौं - ऐतिहासिक दरबार हाइस्कूल  (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं महानगरपालिकाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ ।

Extreme Energy

त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।

महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । 

रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेल बताउँछिन्।

 उनका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीको गहिरो चाख देखिन्थ्यो । उनीहरू विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट पारेका थिए । यी कक्षाहरू महानगरको  ‘बुक फ्रि फ्राइडे’अन्तर्गत सञ्चालन भएका हुन् । 

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले ‘डिजिटल एन्ड वियोण्ड’सँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रममा लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी छन् । क्लबका विद्यार्थीले विद्यालयको आफ्नै वेबसाइट निर्माण गर्न सक्छन् ।

काठमाडौं महानगरपालिकाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गत शुक्रबार सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्रस्तरमा ‘डेङ्गी’ शीर्षकमा चित्रकला प्रतियोगिता समेत सम्पन्न भएको छ । कामपाले जीवनउपयोगी शिक्षा दिने मुख्य उद्देश्यअनुरूप गत वैशाखदेखि ८९ वटै विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...