नेभिगेशन
समाज

जेन–जी आन्दोलनमा भएको नरसंहारबारे बोल्यो संयुक्त राष्ट्रसंघ

काठमाडौँ । नेपालमा सोमबार भएको प्रदर्शन र त्यसलाई दवाउन राज्यले गरेको दमनबारे संयुक्त राष्ट्रसंघीय मानव अधिकारले आफ्नो धराणा राखेको छ । केही समयअघि भिडियो वब्तव्य सार्वजनिक गर्दै प्रदर्शनकारीहरूको मृत्यु र घाइतेबारे स्तब्ध भएका बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघीय मानव अधिकारकी प्रवक्ता रभिना शामदसानीलले  वक्तब्यमा सुरक्षा निकायहरूले भ्रष्टाचारविरुद्ध र हालैको सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा युवाग्रुपहरूले आयोजना गरेका प्रदर्शनहरूमा अनावश्यक वा असंगत बल प्रयोग गरिएको गम्भीर र चिन्ताजनक आरोपहरू प्राप्त गरेको जनाएकी छिन् ।

Ncell
Extreme Energy

‘हामी अधिकारीहरुलाई शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आह्वान गर्दछौँ। सबै सुरक्षा निकायहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीद्वारा बल र हतियारको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नैपर्छ।’ वक्तवयमा भनिएको छ । 

नेपाल एक जीवन्त लोकतन्त्र र सक्रिय नागरिक क्षेत्र भएको र युवाहरूका चिन्ता सम्बोधन गर्न संवाद नै सर्वोत्तम उपाय भएको भन्दै सामाजिक सञ्जाल नियमन गर्ने उपायहरूलाई पुनर्विचार गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।