नेभिगेशन
समाज

बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

काठमाडौँ। रसुवाको भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी एक सुत्केरी महिलालाई सरकारले छोरीको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया पेमा लामा (परिवर्तित नाम) को बैंक खातामा सरकारले पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरेको छ। मङ्सिर १० गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता वादीले स्थलगत रूपमा पुगेर सहायता रकम हस्तान्तरण गरेकी हुन्।

Marvel
Extreme Energy

भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी ती महिलाले दुई साताअघि छोरी जन्माएकी थिइन्। सुत्केरी अवस्थामै श्रीमान् गुमाएपछि नवजात शिशुको पालनपोषण र भविष्यको चिन्ता बढेको थियो।

सरकारले ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत उक्त सहायता उपलब्ध गराएको हो। योजनाअनुसार छोरी १८ वर्ष नपुग्दासम्म आमासँगै परिवारमा रहेर मासिक १७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछिन्।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआईटीजीएफ (MITGF) बीचको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाका लागि विशेष सहायता प्याकेज सञ्चालन गरिएको हो। मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकाका लागि एसओएस चिल्ड्रेन भिलेजलगायत संस्थासँगको सहकार्यमा पनि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

मन्त्री वादीका अनुसार विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहारका लागि एमआईटीजीएफमार्फत १५०, एसओएसमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० गरी ८१० बालबालिकाका लागि सहायता प्याकेजको व्यवस्था गरिएको छ।

त्यस्तै, नेपाल सरकार र एमआईटीजीएफबीच बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि ५८ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ। मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको पनि मन्त्री वादीले जानकारी दिइन्।

बाढी प्रभावित रसुवा र नुवाकोट तथा काठमाडौँ उपत्यकामा गरी पाँचवटा टोली परिचालन गरेर बालबालिकाको अवस्था पहिचान, लेखाजोखा र व्यक्तिगत स्याहार योजना निर्माण भइरहेको छ। ती टोलीमा राष्ट्रिय बाल अधिकार परिषद्, युनिसेफ नेपाल, एमआईटीजीएफ र एसओएसलगायत संस्थाको सहभागिता छ।

मन्त्री वादीले विपद्मा अभिभावक गुमाएका बालबालिकालाई परिवारबाट अलग नगरी आफ्नै घरपरिवारमा हुर्काउने सरकारको नीति रहेको बताइन्। बालगृहलाई अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्ने र गैरकानुनी रूपमा बालगृहमा पुर्‍याइएका बालबालिकालाई परिवारमा पुनर्मिलन गराउने काम भइरहेको उनको भनाइ छ।

सरकारका अनुसार हालसम्म २७ जना बालबालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ। त्यस्तै, ललितपुरको ठेचोमा सञ्चालन गरिएको अस्थायी संरक्षण केन्द्रबाट ४९ जना बालबालिका लाभान्वित भएका छन्।

WhatsApp-Image-2026-11-26-at-13.43.42-1795680225.jpeg

WhatsApp-Image-2026-11-26-at-13.43.43-1795680225.jpeg

WhatsApp-Image-2026-11-26-at-13.43.48-1795680226.jpeg

WhatsApp-Image-2026-11-26-at-13.43.51-1795680227.jpeg

WhatsApp-Image-2026-11-26-at-13.43.50-(1)-1795680227.jpeg

WhatsApp-Image-2026-11-26-at-13.43.50-1795680227.jpeg

WhatsApp-Image-2026-11-26-at-13.43.45-1795680226.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ।
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि उनलाई...
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।