नेभिगेशन
समाज

नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

काठमाडौँ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालयमा धर्ना दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विधेयकमा सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले मंगलबार काठमाडौंको बनस्थलीस्थीत रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षणपत्र बुझाएको हो ।

Ncell
Extreme Energy

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिदा उनीहरु राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको उनले बताए । 

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।