नेभिगेशन
मुख्य समाचार

५ हजार किलो गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले आज बिहान करिब १ः०० बजे उक्त गाँजा बरामद गरेको हो । 

CG

सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले दुई ट्रकबाट गाँजा फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीरजंग थापाले जानकारी दिए । 

ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा बरामद गरिएको छ । प्रहरी देखेपछि घटनास्थलबाट संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको प्रवक्ता थापाले  बताए । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

सोहि अवसरमा प्रतिनिधि सभा निर्वाचन तथा राजनीतिक घटनाक्रमका विषयमा सामान्य छलफल भएको थियो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन सहित राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ पुगेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा...
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...
१ लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

१ लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८...