नेभिगेशन
मुख्य समाचार
आइसिसी विश्वकप लिग २

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ ।  करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ ।

    स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो । दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

City Express

    नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए । 

    कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए ।

    त्यस्तै गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए । भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए ।

    स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।

    स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए । 

    कप्तान रिची बेरिङ्टन ४६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रनमा आउट भए । म्याथ्यु क्रस ५६ बलमा तीन चौकाको सहयोगमा ३९ रनमा आउट भए भने माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए । 

    नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सेवालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालासंग यातायात विभागको छलफल

सेवालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालासंग यातायात विभागको छलफल

पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगाएत बिभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरेका छन् । छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष...
निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको...
कार्यकर्ता संगै पार्टी कार्यालयको सरफाईमा जुटे प्रचण्ड(तस्बिरहरु)

कार्यकर्ता संगै पार्टी कार्यालयको सरफाईमा जुटे प्रचण्ड(तस्बिरहरु)

जेन जी आन्दोलनको क्रममा भाद्र २४ गते आन्दोलनकारीको समूहले तोडफोड र आगजनी गरेको पार्टीको कार्यालय पुगी प्रचण्डले सरसफाई र अवलोकन गरेका हुन् ।
जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई...