नेभिगेशन
मुख्य समाचार

बर्खामा पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरणको तयारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले बाढी र पहिरोका कारण पूर्वाधारहरुमा हुन सक्ने क्षती न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले यस बर्ष भारी बर्षाका कारण केहि स्थानमा ठूलो धनजनको क्षति हुने आकंलन गरिएकाले त्यस्ता क्षेत्रमा पूर्वाधारहरुमा हुन सक्ने क्षती न्यूनीकरण गर्नका लागि तयारी गर्न निर्देशन दिएको हो ।

CG

बैठकमा उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले यसअघिको प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट पाठ सिक्दै यस बर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी भइरहेको बताए । बागमती नदिबाट आसपासका बस्तीमा क्षति हुन नदिनका लागिपनि तयारी गरिएको उहाले जानकारी दिए । सिंहले स्थानीय सडक, पुल र बेली ब्रिज लगायत पूर्वाधारमा क्षति हुन नदिने र क्षति भइहाले तत्काल निर्माण गर्नका लागि मन्त्रालय लागेको धारणा राखे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बर्षातको समयमा देशभर रहेको सडक सञ्जाल सहजरुपमा संचालन हुने वातावरण बनाउन पूर्व तयारी थालिएको बताए । उनले एक आर्थिक बर्षमा प्रस्ताव गरिएका आयोजना पुरा नहुदा अर्को बर्ष नयाँ आयोजना प्रस्ताव गर्दा पहिलेका आयोजना अलपत्र पर्ने गरेको बताए । गत बर्षको बाढीका कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवै नाकाहरु बन्द हुने अवस्थामा पुगेको भन्दै मन्त्री दाहालले यस बर्ष त्यस्तो अवस्था दोहरिन नदिन बिभिन्न बिकल्पमाथि छलफल भइरहेको उल्लेख गरे ।

उनले नागढुङ्गा बाटोको बिकल्पको रुपमा सितापाइला धार्के सडकलाई प्राथमिकता दिएर बनाइरहेपनि केहि जोखिम रहेको बताए । बैठकमा समिति सदस्यहरुले बर्षातमा समयमा पूर्वाधारमा हुने क्षति न्यूनिकरणका साथै क्षति भइहाले बैकल्पीक व्यवस्थाका लागि तयार हुनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु...
बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, NRNA NCC USA...
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

बिहानै ५ बजेदेखि कार्यकर्ताहरु चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्रको श्रृङ्गार गर्दैछन् ।
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको...