नेभिगेशन
समाज

बर्खामा पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरणको तयारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले बाढी र पहिरोका कारण पूर्वाधारहरुमा हुन सक्ने क्षती न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले यस बर्ष भारी बर्षाका कारण केहि स्थानमा ठूलो धनजनको क्षति हुने आकंलन गरिएकाले त्यस्ता क्षेत्रमा पूर्वाधारहरुमा हुन सक्ने क्षती न्यूनीकरण गर्नका लागि तयारी गर्न निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

बैठकमा उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले यसअघिको प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट पाठ सिक्दै यस बर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी भइरहेको बताए । बागमती नदिबाट आसपासका बस्तीमा क्षति हुन नदिनका लागिपनि तयारी गरिएको उहाले जानकारी दिए । सिंहले स्थानीय सडक, पुल र बेली ब्रिज लगायत पूर्वाधारमा क्षति हुन नदिने र क्षति भइहाले तत्काल निर्माण गर्नका लागि मन्त्रालय लागेको धारणा राखे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बर्षातको समयमा देशभर रहेको सडक सञ्जाल सहजरुपमा संचालन हुने वातावरण बनाउन पूर्व तयारी थालिएको बताए । उनले एक आर्थिक बर्षमा प्रस्ताव गरिएका आयोजना पुरा नहुदा अर्को बर्ष नयाँ आयोजना प्रस्ताव गर्दा पहिलेका आयोजना अलपत्र पर्ने गरेको बताए । गत बर्षको बाढीका कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवै नाकाहरु बन्द हुने अवस्थामा पुगेको भन्दै मन्त्री दाहालले यस बर्ष त्यस्तो अवस्था दोहरिन नदिन बिभिन्न बिकल्पमाथि छलफल भइरहेको उल्लेख गरे ।

उनले नागढुङ्गा बाटोको बिकल्पको रुपमा सितापाइला धार्के सडकलाई प्राथमिकता दिएर बनाइरहेपनि केहि जोखिम रहेको बताए । बैठकमा समिति सदस्यहरुले बर्षातमा समयमा पूर्वाधारमा हुने क्षति न्यूनिकरणका साथै क्षति भइहाले बैकल्पीक व्यवस्थाका लागि तयार हुनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किन बोलाइयो रास्वपा संसदीय दलको बैठकमा मन्त्रीहरूलाई?

किन बोलाइयो रास्वपा संसदीय दलको बैठकमा मन्त्रीहरूलाई?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा अहिले अराजकता बढेको छ । सांसदहरु आफ्नै सरकारविरुद्ध तथ्य बंग्याएर दुष्प्रचार गर्ने र जनतालाई भ्रमित पार्नेगरी सार्वभौम सदनबाट बोलिरहेका छन् ।