नेभिगेशन
समाज

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल, करण केसीले लिए पहिलो विकेट

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भर्खरै सुरु खेलमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको छ । करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।

Ncell
Extreme Energy

प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।