नेभिगेशन
समाज

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल, करण केसीले लिए पहिलो विकेट

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भर्खरै सुरु खेलमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको छ । करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।

Extreme Energy

प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
निर्माणमा ढिलाइ गर्ने व्यवसायीका ६ ठेक्का तोडिए, ४९ करोड दाखिला गराउन पत्राचार

निर्माणमा ढिलाइ गर्ने व्यवसायीका ६ ठेक्का तोडिए, ४९ करोड दाखिला गराउन पत्राचार

ठेक्का तोडिएका योजनामध्ये अछामको मंगलसेन–सुखाड–खेतगैरे–जुलिमारे–ढकारी सडक निर्माण पनि छ। २०७९ वैशाख १६ गते सम्झौता भएको उक्त १० किलोमिटर सडकको निर्माण अवधि २०८३ वैशाख १६ गतेसम्म थपिएको थियो। तर,...
स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...