नेभिगेशन
समाज

इजरायलको दावी : इरानका सेना प्रमुखसहित शीर्ष तीन सैन्य कमान्डर मारिए

काठमाडौँ।  इजरायली सेनाले एक अप्रत्याशित रात्रि हवाई आक्रमणमा इरानका तीनजना उच्च सैन्य कमान्डरहरू लाई मारिएको दाबी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायली सेनाले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत मारिएका व्यक्तिहरूको नाम सार्वजनिक गर्दै भनेको छ– “इरानका सशस्त्र बलका प्रमुख मोहम्मद बाघेरी, इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका कमान्डर होसेन सालामी र खताम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका कमान्डर मेजर जनरल गोलाम अलि राशिद मारिएका छन्।”

Ncell
Extreme Energy

इजरायली सेनाका अनुसार, रातभरमा २०० भन्दा बढी लडाकु विमान प्रयोग गरी इरानभरिका १०० भन्दा बढी लक्ष्यमा हमला गरिएको थियो।

हालसम्म इरानले भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यो घटना इरान–इजरायल तनावलाई गम्भीर मोडमा लैजाने सम्भावनाको रूपमा हेरिएको छ। तर, इरानी समाचार संस्थाहरूले सैन्य प्रमुख बाघेरीको हत्या भएको समाचार प्रशासित गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...