नेभिगेशन
समाज

सर्वोच्चमा सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तीका लागि सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

Extreme Energy

यहि जेठ २७ गते बसेको न्याय परिषद बैठकले बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित सर्वोच्च अदालतका तीनै जना न्यायाधीशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिए । 

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानविन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाई गर्नेछ ।  संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधिशहरु राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बैठकमा समिति सदस्यहरुले न्यायपरिषद्का सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।
सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

मन्त्री रावलले सहकारी पीडितहरुको गुनासो सुनुवाइका लागि अदालत र प्रहरीमा छुट्टै डेक्स र बेन्च स्थापना गरिने बताइन् ।

भर्खरै