नेभिगेशन
समाज

पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*

काठमाडौँ । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक तत्काल पक्राउ नगर्न आदेश दिएको छ। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी उजुरीमा प्रहरीले पक्राउ अनुमति लिएपछि पाठकका पक्षबाट अदालतमा निषेधाज्ञा माग गरिएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो निवेदनउपर सुनुवाई गर्दै न्यायाधीश ऋषिराज भण्डारीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई कानून बमोजिमबाहेक तत्काल पक्राउ नगर्न आदेश दिएको हो । त्यस्तै अदालतले सरकार पक्षलाई थप छलफलका लागि असार ५ गते बाेलाएकाे छ।

Ncell
Extreme Energy

पत्रकार पाठकले बनाएको देउवाका छोरा जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषयले उनीमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी मात्रै भएको थिएन गत बुधवार देखी प्रहरीले पाठकलाई खोजी गरिरहेको थियो । पक्राउ पुर्जी लिएर बुधवार देखी पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहीबार उनी निकट रहेकै आधारमा अर्का पत्रकार नारायण अर्याललाई २ घण्टासम्म नियन्त्रणमा लिएर राखेको थियो । उनलाई प्रहरीले बिहीबार अपराह्न कुपन्डोलस्थित नटराज ट्राभल्समा २ घण्टासम्म घेरेर राखेको थियो । पछि पत्रकारको समूहले उनलाई प्रहरीको फन्दाबाट निकालेका थिए ।  
यहि बिचमा पाठककी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै