नेभिगेशन
मुख्य समाचार

पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालतको आदेश*

काठमाडौँ । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक तत्काल पक्राउ नगर्न आदेश दिएको छ। विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी उजुरीमा प्रहरीले पक्राउ अनुमति लिएपछि पाठकका पक्षबाट अदालतमा निषेधाज्ञा माग गरिएको थियो।

सो निवेदनउपर सुनुवाई गर्दै न्यायाधीश ऋषिराज भण्डारीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई कानून बमोजिमबाहेक तत्काल पक्राउ नगर्न आदेश दिएको हो । त्यस्तै अदालतले सरकार पक्षलाई थप छलफलका लागि असार ५ गते बाेलाएकाे छ।

CG

पत्रकार पाठकले बनाएको देउवाका छोरा जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको विषयले उनीमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनी विरुद्ध पक्राउ पुर्जी जारी मात्रै भएको थिएन गत बुधवार देखी प्रहरीले पाठकलाई खोजी गरिरहेको थियो । पक्राउ पुर्जी लिएर बुधवार देखी पाठकको घरमा पुगेको प्रहरीले पाठकलाई नभेटेपछि बिहीबार उनी निकट रहेकै आधारमा अर्का पत्रकार नारायण अर्याललाई २ घण्टासम्म नियन्त्रणमा लिएर राखेको थियो । उनलाई प्रहरीले बिहीबार अपराह्न कुपन्डोलस्थित नटराज ट्राभल्समा २ घण्टासम्म घेरेर राखेको थियो । पछि पत्रकारको समूहले उनलाई प्रहरीको फन्दाबाट निकालेका थिए ।  
यहि बिचमा पाठककी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...
इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा  नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...

भर्खरै