नेभिगेशन
मुख्य समाचार

३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको हो । 

स्याङ्तानको घरमा सुत्ने कोठाबाट UNIVERSAL Made in Italy025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, गोली १३ राउण्ड, गोठबाट कटुवा पेस्तोल १ थान र ८ mm गोली १२ राउण्ड, लागुऔषध अफिम १ किलो ३ सय १० ग्राम र लागूऔषध गाँजा २२ किलो  ८ सय ग्रामसहित पक्राऊ गरिएको जनाईएको छ । 

प्रहरीले स्याङतानको घर नजिकैको चन्द्रलाल मोक्तानको बारीमा घरेलु कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ राउण्ड र लागूऔषध अफिम १ किलो ४ सय ८० ग्राम समेत फेला पारिएको मकवानपुर प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । 
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हातहतियार, लागूऔषधसहित पक्रऊ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् । 

पक्राऊ परेका स्याङ्तानलाई जिल्ला अदालत, मकवानपुरबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई  थप  अनुन्धान कार्य अघि बढाईएको जनाएको छ । 

pakrau_news-(3)-1750086957.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन ।
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए...