नेभिगेशन
समाज

३ वटा पेस्तोल, अफिम, गाँजासहित १ जना पक्राऊ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल, अफिम, गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–१ का राजु स्याङतानलाई पक्राऊ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्याङ्तानको घरमा सुत्ने कोठाबाट UNIVERSAL Made in Italy–025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, गोली १३ राउण्ड, गोठबाट कटुवा पेस्तोल १ थान र ८ mm गोली १२ राउण्ड, लागुऔषध अफिम १ किलो ३ सय १० ग्राम र लागूऔषध गाँजा २२ किलो  ८ सय ग्रामसहित पक्राऊ गरिएको जनाईएको छ । 

Ncell
Extreme Energy

प्रहरीले स्याङतानको घर नजिकैको चन्द्रलाल मोक्तानको बारीमा घरेलु कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ५ राउण्ड र लागूऔषध अफिम १ किलो ४ सय ८० ग्राम समेत फेला पारिएको मकवानपुर प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । 
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हातहतियार, लागूऔषधसहित पक्रऊ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् । 

पक्राऊ परेका स्याङ्तानलाई जिल्ला अदालत, मकवानपुरबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई  थप  अनुन्धान कार्य अघि बढाईएको जनाएको छ । 

pakrau_news-(3)-1750086957.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै