नेभिगेशन
विदेशका कुरा

ईरानले इजरायलमाथि क्लस्टर बम हानेको हो ?

इजरायल–ईरानबीचको द्वन्द्व आठौँ दिनमा प्रवेश गर्दा शुक्रबार दुबै देशले एक अर्कामाथि  भीषण आक्रमण गरे। इजरायलले ईरानको आणविक पूर्वाधारमाथि बमवर्षा गर्‍यो भने तेहरानले क्लस्टर बमसहितका मिसाइल प्रहार गरेर जवाफ दियो। ईरानतर्फ भएको क्षतिबारे कुनै जानकारी बाहिरिएको छैन । तर, इजरायलमा ईरानले प्रहार गरेको एक मिसाइले निम्त्याएको क्षतिपछि अनेकन अडकलबाजी भइरहेको छ । 
जसलाई कतिपयले यो द्वन्द्वमा क्लस्टर बम प्रयोग गरिएको पहिलोपटक गरिएको भनी दाबी गरिएको छ । जसमा एक आक्रमणले इजरायली अस्पताललाई क्षति पुर्‍याएको छ। यो मिसाइल आदान–प्रदानले एक सातादेखिको हवाई युद्धलाई झनै चर्काएको छ, जहाँ अहिलेसम्म न त तनाव कम हुने सङ्केत देखिएको छ न त कूटनीतिक समाधानको बाटो खुलेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अस्पतालमाथिको आक्रमणको जिम्मेवारी ईरानको नेतृत्वले पूर्ण रूपमा वहन गर्नुपर्ने बताएका छन्। उनले ईरानविरुद्धको सैन्य अभियान तालिकाभन्दा अगाडि बढिरहेको र अपेक्षाभन्दा बढी सफलता हासिल गरिएको दाबी पनि गरे।

Ncell
Extreme Energy

यसैबीच, ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साताभित्र अमेरिका इजरायलको सैन्य सहयोगमा सहभागी हुने वा नहुने निर्णय गर्ने जानकारी दिएको छ। साथै, ह्वाइट हाउसले स्पष्ट रूपमा भनेको छ कि यदि आयतोल्ला अली खामेनीले अनुमति दिए भने ईरानले केही साताभित्रै आणविक हतियार उत्पादन गर्न सक्नेछ। ट्रम्पका विशेष दूत स्टिभ विटकोफले ईरानी विदेशमन्त्री अब्बास अराक्चीसँग पटक–पटक फोन संवाद गरेको रिपोर्ट पनि सार्वजनिक भएको छ ।
 

ईरानले हानेको बम कस्तो थियो ? 
इजरायलका अनुसार, क्लस्टर बम बोकेको ईरान मिसाइल करिब ७ किलोमिटरको उचाइमा पुगेर फाट्यो र केन्द्रीय इजरायलमा करिब ८ किलोमिटर क्षेत्रफलमा २० वटा उपविस्फोटकहरूमा छरियो । हालसम्म कुनै मानवीय क्षतिको रिपोर्ट नभए पनि, क्लस्टर बमको पहिलोपटक प्रयोग भएको खबरले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता उत्पन्न गराएको छ।

क्लस्टर बमहरू विवादास्पद हुन्छन् किनभने यिनीहरूले ठूलो क्षेत्रफलमा धेरै साना विस्फोटकहरू छर्छन्, जसले अक्सर लक्षित नभएका ठाउँहरूमा पनि प्रहार गर्छन्। यी बमहरूसँग कुनै नियन्त्रण प्रणाली हुँदैन। यिनीहरू सीधा जमिनमा झर्छन् र जमिनमा ठोक्किँदा विस्फोट हुने गरी बनाइएका हुन्छन्। यद्यपि एकैसाथ ठूलो क्षेत्र ओगट्न बनाइएका भए पनि, प्रत्येक क्लस्टर बमको अलग्गै विस्फोट अपेक्षाकृत सानो हुन्छ। कतिपय बमहरू ठोक्किँदा नफुट्ने हुँदा द्वन्द्व सकिएपछि पनि प्राणघातक खतरा बन्ने गर्छन्। 

इजरायली सेनाले धेरै क्लस्टर बमहरू विस्फोट नभएको बताएको छ। इजरायली सेनाले नफुटेका बमको जोखिमबारे चेतावनी दिने उद्देश्यले एउटा ग्राफिक सार्वजनिक गरेको छ।इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले जानकारी दिँदै भने, “आतंककारी शासनले सर्वसाधारणलाई क्षति पुर्‍याउने उद्देश्यले, क्षतिको दायरालाई बढाउन ठूलो क्षेत्रमा असर गर्ने हतियार प्रयोग गरेको छ।”

ईरान र इजरायल दुवै २००८ मा पारित क्लस्टर बमको उत्पादन, भण्डारण, स्थानान्तरण र प्रयोगमाथि गरिएको अन्तर्राष्ट्रिय प्रतिबन्धमा हस्ताक्षर गर्ने १११ देश र १२ अन्य निकायहरूमध्येमा छैनन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...