नेभिगेशन
समाज

अमेरिकाद्वारा ईरानको तीन न्युक्लियर केन्द्रमा भीषण बमबारी

काठमाडौँ । अन्तत ईरान विरुद्धको इजरायलको युद्धमा अमेरिका पनि सामेल भएको छ । अमेरिकाले आइतबार बिहान ईरानका तीन फरक फरक न्युक्लियर केन्द्रहरूमा भीषण बमबारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईरानका ती क्षेत्रहरूमा सफलता पूर्वक बमबारी गरेर आफ्नो सैनिक र जहाजहरू सुरक्षित फर्किएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन। ईरानको न्युक्लियर केन्द्रहरू नताज, फ्रेदो र ईस्फानमा आक्रमण गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

Extreme Energy

‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नताञ्ज र इस्फाहानमा एकदम सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाट बाहिर छन्,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘फोर्डो मुख्य निशानामा बमहरूको पूरै लोड खसालिएको थियो। सबै विमानहरू सुरक्षित रूपमा घर फर्कँदैछन्। हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई छ । यस्तो काम संसारको कुनै पनि अर्को सेना गर्न सक्दैन । अहिले शान्तिको समय हो । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।

भर्खरै