नेभिगेशन
समाज

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवामा १५% सम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले अब आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवा तथा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन्।

यो सुविधा बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.बीच भएको आपसी समझदारीपछि लागू गरिएको हो। सम्झौतामा ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्।

CG

सम्झौता अनुसार, बैंकका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहक तथा 'ग्लोबल स्मार्ट प्लस' मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटीअन्तर्गत संचालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत छुट र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

आइएमई समूहको लगानीमा सञ्चालित होटल तथा रिसोर्टहरू – काठमाडौंको 'होटल ले हिमालय' र 'साके एण्ड फेङ्ग रेस्टुरेन्ट' लाजिम्पाट, बागलुङको 'इला कम्फर्ट', गैडाकोटको 'इला होटल एण्ड रिसोर्ट मौलाकाली' तथा पोखराको 'लेकसाइट रिट्रीट' – आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूबीच लोकप्रिय छन्।

बैंकले आफ्ना ग्राहकलाई समयानुकूल योजनामार्फत थप सुविधाजनक सेवा प्रदान गर्दै आइरहेको छ। ग्लोबल आइएमई बैंक हालै ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड २०२४' र युरो मनीको 'अवार्ड फर एक्सलेन्स २०२४' अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ।

सतहत्तरै जिल्लामा सेवा विस्तार गरिसकेको बैंकसँग ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयहरू रहेका छन्। साथै, बैंकले अमेरिका, युके, क्यानडा, अष्ट्रेलिया, जापान लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आजदेखि सुरु

काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो आजदेखि सुरु

स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म संचालन हुने छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...
सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार तीन सय

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ...
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...