नेभिगेशन
समाज

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवामा १५% सम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले अब आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवा तथा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो सुविधा बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.बीच भएको आपसी समझदारीपछि लागू गरिएको हो। सम्झौतामा ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्।

Ncell
Extreme Energy

सम्झौता अनुसार, बैंकका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहक तथा 'ग्लोबल स्मार्ट प्लस' मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटीअन्तर्गत संचालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत छुट र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

आइएमई समूहको लगानीमा सञ्चालित होटल तथा रिसोर्टहरू – काठमाडौंको 'होटल ले हिमालय' र 'साके एण्ड फेङ्ग रेस्टुरेन्ट' लाजिम्पाट, बागलुङको 'इला कम्फर्ट', गैडाकोटको 'इला होटल एण्ड रिसोर्ट मौलाकाली' तथा पोखराको 'लेकसाइट रिट्रीट' – आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूबीच लोकप्रिय छन्।

बैंकले आफ्ना ग्राहकलाई समयानुकूल योजनामार्फत थप सुविधाजनक सेवा प्रदान गर्दै आइरहेको छ। ग्लोबल आइएमई बैंक हालै ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड २०२४' र युरो मनीको 'अवार्ड फर एक्सलेन्स २०२४' अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ।

सतहत्तरै जिल्लामा सेवा विस्तार गरिसकेको बैंकसँग ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयहरू रहेका छन्। साथै, बैंकले अमेरिका, युके, क्यानडा, अष्ट्रेलिया, जापान लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ...
साउनमा कति भयो आयात-निर्यात ?

साउनमा कति भयो आयात-निर्यात ?

गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा रु ३८ अर्ब ७० करोड...