नेभिगेशन
समाज

मध्यरातमा विष्णुमतीको बाढीमा यात्रुु सहित कार खस्यो, सवार महिलाको यसरी भयो उद्धार

काठमाडौँ ।  गएराति काठमाडौँको विष्णुमती खोलामा कारसँगै खसेकी युवतीको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् ।  घटनामा उद्धारमा खटिएका प्रहरी र स्थानीयसमेत घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि बाटो हुँदै गुडिरहेको बा.प.०१–०३१ च ६१४१ नम्बरको निजी कार राति सवा १० बजे विष्णुमती खोलामा खसेको थियो। कार ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए, जो कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका छन्।

Ncell
Extreme Energy

कार खोलामा खस्नेबित्तिकै चालक सिंह आफैं बाहिर निस्किए पनि सँगै रहेकी महिला यात्रु खोलामा फसेकी थिइन् । 
दाङको तुलसीपुर घर भई हाल टोखा बस्दै आएकी ३४ वर्षीया भावना ओली कारभित्रै थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी अपिलराज बोहोराका अनुसार खोलामा बगिरहेकी ओलीलाई स्थानीयको सहयोगमा राति नै सकुशल उद्धार गरिएको हो। ‘उनी घाइते अवस्थामा फेला परेकी थिइन्,’ एसपी बोहोराले बताए, ‘उनीसहित तीन जना प्रहरी र दुई जना स्थानीय पनि उद्धारको क्रममा घाइते भएका छन्।’

घाइते पाँचैजनाको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि बिहीबार बिहान डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार खोलाले बगाएको कार बाँनियाटार पुलसम्म पुगेर अड्किएको थियो। सोही स्थानमा पुगेर प्रहरी र स्थानीयले ओलीलाई उद्धार गरेका थिए। कार पनि राति करिब १२ बजेतिर क्रेनको सहायताले खोलाबाट निकालिएको हो।

उद्धारमा खटिएका प्रहरीमध्ये टोखा प्रहरी प्रभागका हवलदार उमेश कुमार लोहोनी, सामाखुसी प्रहरी गणका सहायक हवलदार समिर विक, दरबारमार्ग प्रहरी वृत्तमा दरबन्दी भई हाल टोखा प्रभागमा कार्यरत जवान सुमन थापा घाइते भएका छन्। साथै, टोखा बस्दै आएका लम्जुङका १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङसमेत घाइते भएका हुन्।

प्रहरी नायव उपरीक्षक निरन्जन थापाको नेतृत्वमा ४५ जना सुरक्षाकर्मी उद्धारमा खटिएको एसपी बोहोराले जानकारी दिए। उद्धारमा बिपद् व्यवस्थापन प्रहरी कार्यालयबाट पनि टोली परिचालन गरिएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेसका सांसदहरुसँग गृह र उद्योगमन्त्रीको छलफल

मधेसका सांसदहरुसँग गृह र उद्योगमन्त्रीको छलफल

सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछिको अवस्थाका बारेमा दुई मन्त्रीले गृहमन्त्रालयमा मधेस प्रदशेका संघीय सांसदहरुसँग छलफल गरेका हुन् ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

निजी क्षेत्रको नाफा र पुनःलगानीको चक्र तीव्र बनाउनु सरकारको प्राथमिकता : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्ने बताएका छन्।
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् ।

भर्खरै