नेभिगेशन
मुख्य समाचार

मध्यरातमा विष्णुमतीको बाढीमा यात्रुु सहित कार खस्यो, सवार महिलाको यसरी भयो उद्धार

काठमाडौँ ।  गएराति काठमाडौँको विष्णुमती खोलामा कारसँगै खसेकी युवतीको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् ।  घटनामा उद्धारमा खटिएका प्रहरी र स्थानीयसमेत घाइते भएका छन्।

टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि बाटो हुँदै गुडिरहेको बा.प.०१–०३१ च ६१४१ नम्बरको निजी कार राति सवा १० बजे विष्णुमती खोलामा खसेको थियो। कार ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए, जो कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका छन्।

CG

कार खोलामा खस्नेबित्तिकै चालक सिंह आफैं बाहिर निस्किए पनि सँगै रहेकी महिला यात्रु खोलामा फसेकी थिइन् । 
दाङको तुलसीपुर घर भई हाल टोखा बस्दै आएकी ३४ वर्षीया भावना ओली कारभित्रै थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी अपिलराज बोहोराका अनुसार खोलामा बगिरहेकी ओलीलाई स्थानीयको सहयोगमा राति नै सकुशल उद्धार गरिएको हो। ‘उनी घाइते अवस्थामा फेला परेकी थिइन्,’ एसपी बोहोराले बताए, ‘उनीसहित तीन जना प्रहरी र दुई जना स्थानीय पनि उद्धारको क्रममा घाइते भएका छन्।’

घाइते पाँचैजनाको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि बिहीबार बिहान डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार खोलाले बगाएको कार बाँनियाटार पुलसम्म पुगेर अड्किएको थियो। सोही स्थानमा पुगेर प्रहरी र स्थानीयले ओलीलाई उद्धार गरेका थिए। कार पनि राति करिब १२ बजेतिर क्रेनको सहायताले खोलाबाट निकालिएको हो।

उद्धारमा खटिएका प्रहरीमध्ये टोखा प्रहरी प्रभागका हवलदार उमेश कुमार लोहोनी, सामाखुसी प्रहरी गणका सहायक हवलदार समिर विक, दरबारमार्ग प्रहरी वृत्तमा दरबन्दी भई हाल टोखा प्रभागमा कार्यरत जवान सुमन थापा घाइते भएका छन्। साथै, टोखा बस्दै आएका लम्जुङका १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङसमेत घाइते भएका हुन्।

प्रहरी नायव उपरीक्षक निरन्जन थापाको नेतृत्वमा ४५ जना सुरक्षाकर्मी उद्धारमा खटिएको एसपी बोहोराले जानकारी दिए। उद्धारमा बिपद् व्यवस्थापन प्रहरी कार्यालयबाट पनि टोली परिचालन गरिएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...