नेभिगेशन
समाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

CG

सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ६१, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन शून्य दशमलव शून्य नौ, जलविद्युत् शून्य दशमलव ५४, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । लघुवित्त समूह एक दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार शून्य दशमलव २७ र अन्य समूह एक दशमलव ३५ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ५७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी साहस ऊर्जा लिमिटेडको रु ५७ करोड ८६ लाख ८८ हजार २०२ बराबरको नौ लाख ७५ हजार ५९८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)

पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ...