नेभिगेशन
समाज

रहेनन् बागलुङका सादगी नेता 'गोविन्द बा'

प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्द प्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ । घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउने तयारी गर्दै गर्दा निधन भएको परिवारले जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति समेत थिए । २०१९ देखि २०४८ सालसम्म नेपाली कांग्रेस बागलुङका सभापित बनेका कँडेल २०४६ सालको आन्दोलनका क्रममा पनि जेल परेका थिए । त्यसपछि  सांसद बनेका थिए । 

Ncell
Extreme Energy

वि.सं. १९९५ साल पुस १४ गते जन्मिएका कण्डेलले वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता लिएका थिए। त्यसयता उनले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राऊ परेका कँडेल वि.सं. २०१८ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनमा जेलसमेत परेका थिए।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मीएका  कँडेलको सव आइतवार नै जन्मस्थल बिहुँ पुर्याइ  सोमबार अन्त्येष्टी गरिने परिवारले जनाएको छ । स्वर्गीय कंडेलकी धर्मपत्नी विष्णुदेवी कँडेलको २ वर्ष पहिला निधन भएको थियो । कँडेलका २ छोरा र एक छोरी रहेका छन् ।

शर्माको निधनप्रति पार्टीद्वारा शोक वक्तव्य जारी

नेपाली कांग्रेसले बागलुङ जिल्ला सभापति तथा प्रतिनिधिसभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा ‘कँडेल’ को निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। सोमबार विहान उनको चितवनमा निधन भएको पार्टीद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ।

वि.सं. १९९५ साल पुस १४ गते जन्मिएका कँडेलले वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता लिएका थिए। त्यसयता उनले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राऊ परेका कँडेल वि.सं. २०१८ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनमा जेलसमेत परेका थिए।

कांग्रेसले विज्ञप्तिमा कँडेलकाे योगदानको स्मरण गर्दै लेखेको छ, “उहाँको निधनले नेपाली कांग्रेसले एक अग्रज, अनुशासित, निष्ठावान र अनुभवी राजनीतिज्ञ गुमाएको छ।”

शोक वक्तव्यमा नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै कण्डेलको निधन पार्टीका लागि अपूरणीय क्षति भएको बताएका छन्। देउवाको भनाइ उदृत गर्दै वक्तव्यमा उल्लेख छ,“नेपाली कांग्रेस बागलुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता गोविन्दप्रसाद कँडेलको निधनले मलाई अत्यन्त दुखित बनाएको छ। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।”

स्वर्गीय कण्डेलका दुई छोरा र एक छोरी रहेका छन्। नेपाली कांग्रेसले कँडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

511144914_1293931855427732_6670239586099438240_n-1751208529.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...