नेभिगेशन
मुख्य समाचार

रहेनन् बागलुङका सादगी नेता 'गोविन्द बा'

प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्द प्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ । घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउने तयारी गर्दै गर्दा निधन भएको परिवारले जनाएका छन् ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति समेत थिए । २०१९ देखि २०४८ सालसम्म नेपाली कांग्रेस बागलुङका सभापित बनेका कँडेल २०४६ सालको आन्दोलनका क्रममा पनि जेल परेका थिए । त्यसपछि  सांसद बनेका थिए । 

CG

वि.सं. १९९५ साल पुस १४ गते जन्मिएका कण्डेलले वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता लिएका थिए। त्यसयता उनले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राऊ परेका कँडेल वि.सं. २०१८ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनमा जेलसमेत परेका थिए।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मीएका  कँडेलको सव आइतवार नै जन्मस्थल बिहुँ पुर्याइ  सोमबार अन्त्येष्टी गरिने परिवारले जनाएको छ । स्वर्गीय कंडेलकी धर्मपत्नी विष्णुदेवी कँडेलको २ वर्ष पहिला निधन भएको थियो । कँडेलका २ छोरा र एक छोरी रहेका छन् ।

शर्माको निधनप्रति पार्टीद्वारा शोक वक्तव्य जारी

नेपाली कांग्रेसले बागलुङ जिल्ला सभापति तथा प्रतिनिधिसभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा ‘कँडेल’ को निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। सोमबार विहान उनको चितवनमा निधन भएको पार्टीद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ।

वि.सं. १९९५ साल पुस १४ गते जन्मिएका कँडेलले वि.सं. २०१० सालमा जननायक बी.पी. कोइरालाबाट पार्टी सदस्यता लिएका थिए। त्यसयता उनले लामो समयसम्म नेपाली कांग्रेसको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। वि.सं. २०१६ सालमा नेपाली कांग्रेसको साप्ताहिक पत्रिका निकाल्दै गर्दा पक्राऊ परेका कँडेल वि.सं. २०१८ सालमा निरंकुश पार्टीविहीन व्यवस्थाविरुद्ध आन्दोलनमा जेलसमेत परेका थिए।

कांग्रेसले विज्ञप्तिमा कँडेलकाे योगदानको स्मरण गर्दै लेखेको छ, “उहाँको निधनले नेपाली कांग्रेसले एक अग्रज, अनुशासित, निष्ठावान र अनुभवी राजनीतिज्ञ गुमाएको छ।”

शोक वक्तव्यमा नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै कण्डेलको निधन पार्टीका लागि अपूरणीय क्षति भएको बताएका छन्। देउवाको भनाइ उदृत गर्दै वक्तव्यमा उल्लेख छ,“नेपाली कांग्रेस बागलुङका पूर्व सभापति, पूर्व सांसद एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता गोविन्दप्रसाद कँडेलको निधनले मलाई अत्यन्त दुखित बनाएको छ। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।”

स्वर्गीय कण्डेलका दुई छोरा र एक छोरी रहेका छन्। नेपाली कांग्रेसले कँडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

511144914_1293931855427732_6670239586099438240_n-1751208529.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...