नेभिगेशन
सबै कुरा

जाजरकोट भूकम्प : प्रशासन कार्यालयमा थुप्रियो राहतको त्रिपाल, पीडितले शीत खाँदै बिताए रात

जाजरकोट । भूकम्पले तहसनहस भएको जाजरकोटमा देश तथा विदेशबाट राहत आउने क्रम जारी छ । सरकारले पठाएको तथा नेपालकै प्रदेश सरकार, स्थानीय सरकार तथा बिभिन्न राजनीतिक दल तथा संघसंस्थाले पठाएका राहत सामग्रीहरु भने पुगिसकेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा राहतका सामग्रीहरु यसरी थुपारिएको छ ।


यी राहत सामग्रीहरु शनिबार र आइतबार पुगेका हुन् । तर प्रशासनले भएका राहत सामग्रीको सही वितरण गर्न नसक्दा भूकम्प पीडितहरुले गएको रातपनि खुला आकाशमुनी सडकमै बिताएका छन् । 


यो भिडियो हेर्नुहोस् । 


यो भिडियो आइतबार राति करिब १० बजेको समयमा कैद गरिएको हो । र यो स्थान जाजरकोटको खलंङ्गा नजिकैको हो । यहाँ महिलाहरु साना बालबच्चासहित रोडमा सामान्य बिछौना ओच्छ्याएर सामान्य सिरकको भरमा रोडमै सुतेका थिए । उनीहरुको साथमा साना बाल बच्चा समेत थिए । ‘घर भत्कियो, बस्ने अवस्था छैन । त्रीपाल माग्न गएको दिएनन् । अनी यसरी नै सुत्यौँ ।’ एक महिलाले भनिन् । उनका उनीहरु त्रीपाल माग्न गएका थिए । तर उनीहरुलाई दिइएन । 


यता प्रशासनमा राहत सामग्री थुप्रिएको छ । यो राहत सामग्री सबैका लागि पर्याप्त नभएपनि धेरै परिवारलाई ओत लाग्न पुग्ने छन् । तर प्रशासनले वितरण गरेको छैन । किन वितरण नगरेको भन्ने प्रश्न प्रशासन वितरण हुँदै छ, जनशक्ति कम छ भन्ने जवाफ दिन्छ । 


सरकारले राहत सामग्री वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । सहयोग गर्न चाहनेहरुले जिल्ला प्रशसनमार्फन नै सहयोग गर्नुपर्ने हुन्छ । प्रशासनले आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै वितरण गर्छ । यसरी राहत वितरण गर्दा सबै ठाउँका सबै पीडितले समान राहत पाउँछन् । साथै बिभिन्न स्वार्थ राखेर राहत वितरण गर्ने कार्य निस्तेज हुन्छ । तर प्रशासनले गरेको ढिलासुस्तीले समयममै पीडितले राहत पाउनेमा शंका उब्जिएको पीडितहरुले बताएका छन् । उनीहरुले जतिसक्दो चाँडो राहत वितरण गरी आफूहरुलाई कम्तिमा खुला आकाशमुनी सुत्न बाध्य नपारिदिन आग्रह गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...