नेभिगेशन
समाज

प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले नगद रु ६५ लाख पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे । 

Ncell
Extreme Energy

यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) तर्फ कास्य पदक विजेता मनमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरे। 

सोही अवसरमा असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो ।  

साथै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको बताउँदै लगनशील भई व्यावसायिक हिसावले समर्पणभावका खेलजगतमा रमाउनसके सफलता प्राप्त हुने विश्वास व्यक्त गरे। 

“हामीले सङ्गठित रुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडी व्यावसायिक रुपमा अगाडि बढेका छन्”, प्रधानमन्त्री ओलीले भने, “म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षक लगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।”

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षकोभन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुरमा निर्माण भइरहेको क्रिकेट खेल मैदानको काम करिब अन्तिम चरणमा पुगेसँगै मुलुकको खेलकुद क्षेत्र उत्साहित भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।

भर्खरै