नेभिगेशन
समाज

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो खुलेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले दायर गरेको रिटमा सोमबार अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “सम्झौताअनुसारको भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिन्छ। ठेकेदारको वैध अपेक्षा समेत रहने हुँदा निर्माण नरोकिनु उपयुक्त देखिन्छ।”

Ncell
Extreme Energy

काठमाडौं महानगरपालिकाले ९ माघ २०८१ मा पत्र जारी गर्दै टावर निर्माण रोक्न निर्देशन दिएको थियो। यसविरुद्ध ठेकेदार कम्पनी अदालत पुगेको थियो। अदालतले सो पत्र तथा निर्णय कार्यान्वयन नगर्न र नक्साबमोजिम निर्माणमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

निर्माण कम्पनीले १२ तला निर्माणको स्वीकृति लिए पनि पछि जरिवाना बुझाई १९ तलासम्मको स्वीकृति लिएको थियो। यही विषयलाई लिएर मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि छानबिन समिति गठन गरेका थिए। विवादपछि गुरागाईलाई कार्यालय प्रवेशमा समेत रोक लगाइएको थियो।

छानबिन समितिले गुरागाईको पक्षमा प्रतिवेदन दिएपछि महानगरमा कार्यगत गतिरोध उत्पन्न भएको छ। मेयर र प्रमुख प्रशासकीयबीचको विवादकै कारण महानगरले अहिलेसम्म बजेटसमेत ल्याउन सकेको छैन।

उच्च अदालतको यो आदेशले काठमाडौं टावर निर्माणलाई तत्काल रोक्न नपाउने स्पष्ट भएपछि अब महानगरले आदेश खारेज गराउन अर्को निवेदन दिने बाटो खुला छ। अदालतको अन्तिम निर्णय आउँदासम्म निर्माण कार्य भने यथावत अघि बढ्न सक्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...