नेभिगेशन
मुख्य समाचार

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो खुलेको छ।

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले दायर गरेको रिटमा सोमबार अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “सम्झौताअनुसारको भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिन्छ। ठेकेदारको वैध अपेक्षा समेत रहने हुँदा निर्माण नरोकिनु उपयुक्त देखिन्छ।”

काठमाडौं महानगरपालिकाले ९ माघ २०८१ मा पत्र जारी गर्दै टावर निर्माण रोक्न निर्देशन दिएको थियो। यसविरुद्ध ठेकेदार कम्पनी अदालत पुगेको थियो। अदालतले सो पत्र तथा निर्णय कार्यान्वयन नगर्न र नक्साबमोजिम निर्माणमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो।

निर्माण कम्पनीले १२ तला निर्माणको स्वीकृति लिए पनि पछि जरिवाना बुझाई १९ तलासम्मको स्वीकृति लिएको थियो। यही विषयलाई लिएर मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि छानबिन समिति गठन गरेका थिए। विवादपछि गुरागाईलाई कार्यालय प्रवेशमा समेत रोक लगाइएको थियो।

छानबिन समितिले गुरागाईको पक्षमा प्रतिवेदन दिएपछि महानगरमा कार्यगत गतिरोध उत्पन्न भएको छ। मेयर र प्रमुख प्रशासकीयबीचको विवादकै कारण महानगरले अहिलेसम्म बजेटसमेत ल्याउन सकेको छैन।

उच्च अदालतको यो आदेशले काठमाडौं टावर निर्माणलाई तत्काल रोक्न नपाउने स्पष्ट भएपछि अब महानगरले आदेश खारेज गराउन अर्को निवेदन दिने बाटो खुला छ। अदालतको अन्तिम निर्णय आउँदासम्म निर्माण कार्य भने यथावत अघि बढ्न सक्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।