नेभिगेशन
समाज

टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

काठमाडौँ । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपालले समूह चरणमा अक्टोबर ८ मा कुवेत र अक्टोबर १० मा जापानसँग प्रतिस्पर्धा गर्नेछ।

Extreme Energy

प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। सहभागी टोलीहरूमा आयोजक ओमानसहित उप–क्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र सामोआ तथा नेपाल र पपुवा न्यूगिनी छन्।

समूह ए मा युएई, मलेसिया र कतार छन् भने समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

सुपर सिक्स चरण अक्टोबर १२ देखि सुरु भई १७ सम्म चल्नेछ। सुपर सिक्स चरणको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

टी–२० विश्वकपका लागि १२ टोली सिधै छनोट भइसकेका छन् भने बाँकी आठ स्थान क्षेत्रीय छनोटबाट तय हुनेछ। एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन टोलीले विश्वकपको यात्रा तय गर्नेछन्।

समूह विभाजनः

समूह एः युएई, मलेसिया, कतार

समूह बीः नेपाल, कुवेत, जापान

समूह सीः ओमान, पपुवा न्यूगिनी, सामोआ

नेपालको समूह चरणको खेल तालिकाः

अक्टोबर ८ः नेपाल र कुवेत

अक्टोबर १०ः नेपाल र जापान

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ...