नेभिगेशन
मुख्य समाचार

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको  नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भएपनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् । खेल क्षेत्रमा आएका व्यक्तिहरुले राजनीति गर्न नभइ खेल क्षेत्रको बिकास गर्न ध्यान दिनुपर्ने उनले बताए ।

‘पोलिटिकल पार्टीहरु सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । जुन क्षेत्रको काम छ त्यो क्षेत्रको काम गर्ने हो ।’ उनले भने, ‘खेलकुदमा विकास गर्ने हो भने खेलमा लगानी बढाउनुपर्छ । खेललाई अगाडी बढाउनुपर्छ । त्यहाँ पोलिटिक्स गर्ने होइन ।’

प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको तयारी गर्न समेत निर्देशन दिए । नेपाल प्रिमियर लिग राष्ट्रको गौरवको विषय भएकाले यसलाई अघि बढाउन खेलकुद मन्त्रालय, राखेप र क्यान सवैको ध्यान जानुपर्ने उनले बताए । 

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र क्रिकेट संघ सबैको ध्यान जाओस् ।’ प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित गरिनु लज्जाको बिषय भएको भन्दै अव २०८२ मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद आयोजना गर्न निर्देशन दिए । उनले  भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने र कीर्तिपुर रंगशालाको पनि बिभिन्न फेजमा विस्तार गर्ने बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार खेल क्षेत्रको बिकासका लागि गम्भीर रहेकाले आगामी बर्षका लागि यस क्षेत्रको बजेट दोव्वर बनाइएको बताए । 

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि सातदोवाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब निर्माण गरेको हो । एकैपटक सय भन्दा खेलाडीले प्रशिक्षण गर्नसक्ने गरि ल्याब निर्माण गरिएको राखेपले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।