नेभिगेशन
समाज

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको  नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भएपनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् । खेल क्षेत्रमा आएका व्यक्तिहरुले राजनीति गर्न नभइ खेल क्षेत्रको बिकास गर्न ध्यान दिनुपर्ने उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पोलिटिकल पार्टीहरु सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । जुन क्षेत्रको काम छ त्यो क्षेत्रको काम गर्ने हो ।’ उनले भने, ‘खेलकुदमा विकास गर्ने हो भने खेलमा लगानी बढाउनुपर्छ । खेललाई अगाडी बढाउनुपर्छ । त्यहाँ पोलिटिक्स गर्ने होइन ।’

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको तयारी गर्न समेत निर्देशन दिए । नेपाल प्रिमियर लिग राष्ट्रको गौरवको विषय भएकाले यसलाई अघि बढाउन खेलकुद मन्त्रालय, राखेप र क्यान सवैको ध्यान जानुपर्ने उनले बताए । 

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र क्रिकेट संघ सबैको ध्यान जाओस् ।’ प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित गरिनु लज्जाको बिषय भएको भन्दै अव २०८२ मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद आयोजना गर्न निर्देशन दिए । उनले  भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने र कीर्तिपुर रंगशालाको पनि बिभिन्न फेजमा विस्तार गर्ने बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार खेल क्षेत्रको बिकासका लागि गम्भीर रहेकाले आगामी बर्षका लागि यस क्षेत्रको बजेट दोव्वर बनाइएको बताए । 

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि सातदोवाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब निर्माण गरेको हो । एकैपटक सय भन्दा खेलाडीले प्रशिक्षण गर्नसक्ने गरि ल्याब निर्माण गरिएको राखेपले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ५ निर्णयहरु

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन...
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
महिला महामन्त्रीमा डिला र डिनाको दाबी

महिला महामन्त्रीमा डिला र डिनाको दाबी

नेपाली कांग्रेसका दुई महिला नेता डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।