नेभिगेशन
मुख्य समाचार

घुस लिएका मन्त्रीहरुलाई बर्खास्त गर्न कांग्रेस नेता प्रकास स्नेहीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले घुस डिल गर्ने सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र उनले नाम पोलेको भूमि तथा सहकारी मन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै स्नेहीले घुस डिलको वार्तालापनै बाहिरिएपछि मन्त्रीहरुले राजिनामा दिनु पर्ने, नभए प्रधानमन्त्रीले बर्खास्त गरी छानबिन गर्न माग गरेका हुन् । 

उनले भने , ‘सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रदर्शन गर्नुपर्छ । मूलधारका मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौती थपिएको छ । सरकारले यसमा छानबिन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि आयोग कास्कीका अध्यक्षको नियुक्तीमा घुस लिएको अडियो रेर्कड सिधाकुराले प्रसारण गरेको थियो । उक्त अडियोमा मन्त्री गुप्ताले भूमिसुधार तथा सहकारी मन्त्री बलराम अधिकारीले समेत  आयोगका सदस्य नियुक्तीमा घुस लिएको दाबी गरेका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

छिन्न-भिन्न जेनजी, भिन्न-भिन्न पार्टी

स्वभाविक हो, भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जाल बन्दका विरुद्धमा एउटा पुस्ताले गरेको आन्दोलनपछि सबै एकै ठाउँमा आउनै पर्छ, सबैको विचार उस्तै हुनुपर्छ, भावना मिल्नु पर्छ भन्ने हुँदैन । तर आन्दोलन...
यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन ।
विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

विदेशमा भएका नेपालीलाई मतदाता नामावली दर्ताको व्यवस्था मिलाउन रास्वपाको माग

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका रास्वपाका नेताहरुले  मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न तथा विदेशमा रहेका नेपालीलाई समेत नामावली दर्ताको व्यवस्था...
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।