नेभिगेशन
समाज

अलराउन्डर आदिल आलम राष्ट्रिय टिममा फर्किदै, विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा राखियो

काठमाडौं । स्पट फिक्सिङको आरोपमा प्रतिवन्ध खेपेको अलराउन्डर मोहम्मद आदिल आलमलाई नेपाल क्रिकेट संघ(क्यान)ले सफाइ पाएसँगै टिममा फिर्ता गराएको छ । क्यान ले टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । उक्त टिममा अलराउन्डर आलमको पनि नाम पहिलो पटक क्लोज क्याम्पको सूचिमा राखेको छ । यो सँगै उनी राष्ट्रिय टिममा कमब्याक हुने छ । 
आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए । तर, अदालतले अदिलासहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दावी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि क्यानको इन्टिेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिवन्ध फुकुवा गर्न सिफारिस गर्यो । त्यही बमोजिम २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी उनको प्रतिवन्ध फुकुवा भैसकेको छ । 

Ncell
Extreme Energy

पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरालाई क्लोज क्याम्पमा राखिएको छ । यस्तै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकारलगायत युवा खेलाडीहरुले प िनमौका पाएका छन् ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टि २० विश्वकप छनोट खेल्दै छ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।