नेभिगेशन
समाज

झ्याप्लेखोलामा यसरी भइरहेको छ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम

नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ । साथै पहिरो रोकथामको काम पनि सँगसँगै भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले संयुक्त रुपमा निर्माण गरिरहेको यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ ।

Ncell
Extreme Energy

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीले नै गरिरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले जानकारी दिए।

सडकभन्दा २००/३०० मिटर माथि गरिएको जग्गा प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएर सडक बगाएको उनले बताए । 'पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो पूर्ण रूपमा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,' घिमिरेले भने ।

पहिरो गएपछि सडक विभागले पुनः डिजाइन र अनुमान गरेर यसको रोकथामको जिम्मा सगुनलाई नै दिएको हो। घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ । पहिरोले बनाएको गल्छीहरूमा माटो र लेदो छेक्न ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइनेछ । हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको र पछि गएर यो आफैं झाँगिएर दिगो हुने घिमिरेले बताए ।

Jhaplekhola_Nepal-photo-Library_Sidhakura4-1752478769.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura2-1752478788.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura1-1752478788.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura4-1752478789.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura3-1752478789.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura6-1752478790.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura5-1752478790.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura8-1752478791.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura9-1752478791.jpg तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।