नेभिगेशन
मुख्य समाचार

झ्याप्लेखोलामा यसरी भइरहेको छ सडक पुनर्निर्माण र पहिरो रोकथामको काम

नागढुंगा-नौबिसे सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ । साथै पहिरो रोकथामको काम पनि सँगसँगै भइरहेको छ ।

चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले संयुक्त रुपमा निर्माण गरिरहेको यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ ।

CG

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीले नै गरिरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले जानकारी दिए।

सडकभन्दा २००/३०० मिटर माथि गरिएको जग्गा प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएर सडक बगाएको उनले बताए । 'पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो पूर्ण रूपमा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,' घिमिरेले भने ।

पहिरो गएपछि सडक विभागले पुनः डिजाइन र अनुमान गरेर यसको रोकथामको जिम्मा सगुनलाई नै दिएको हो। घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ । पहिरोले बनाएको गल्छीहरूमा माटो र लेदो छेक्न ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइनेछ । हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको र पछि गएर यो आफैं झाँगिएर दिगो हुने घिमिरेले बताए ।

Jhaplekhola_Nepal-photo-Library_Sidhakura4-1752478769.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura2-1752478788.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura1-1752478788.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura4-1752478789.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura3-1752478789.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura6-1752478790.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura5-1752478790.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura8-1752478791.jpg

Jhaplekhola_Nepal-photo-Library_Sidhakura9-1752478791.jpg तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...